मुख्य समाचार
१० लाख बुझेर ‘सुटिङ’ मा नगएपछि प्रहरीमा परेको थियो केसीविरुद्ध उजुरी
१० लाख बुझेर ‘सुटिङ’ मा नगएपछि प्रहरीमा परेको थियो केसीविरुद्ध उजुरी

— ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीले रावायण चलचित्रमा अभिनय गर्ने भन्दै पैसा लिएर छायांकनमा नगएपछि निर्माता पक्षले उनीविरुद्ध ठगीको उजुरी दिएको पाइएको छ ।

रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन् । त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए ।

त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो । कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले चलचित्र अभिनयका लागि रकम लिएर पनि छायांकनमा नगएपछि निर्माता पक्षले उजुरी दिएको र त्यसकै आधारमा उनलाई पक्राउ गरिएको बताए ।

‘केही दिनअघिबाटै चलचित्रको छायांकन सुरू गर्ने भनिएको रहेछ । त्यसका लागि नायक–नायिका‚ प्राविधिक टोलीलगायतलाई निर्माता पक्षले १ करोड पाँच लाख रुपैयाँ बाडिसकेको रहेछ । त्यसमध्ये केसीले १० लाख रुपैयाँ बुझेर पनि छायांकनमा नगएपछि पीडितपक्ष उजुरी लिएर प्रहरीमा आएको थियो‚’ उनले भने‚ ‘त्यसपछि केसीलाई बोलाएर दुवै पक्षसँग कुरा गर्न खोज्दा प्रहरीलाई नै उनले जे गर्नु छ गरे हुन्छ भन्दै धम्क्याएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

अभिनेता केसीलाई केहीबेरअघि प्रहरीले भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरेको थियो । उनलाई ठगीको कसुरमा मुद्दा चलाइने एसएसपी राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...