मुख्य समाचार
स्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु
स्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

: अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।


न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएका जनाएका छन्। मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ।

मानवविहीन डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशंकामा आपत्कालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए। अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा यो दुर्घटना भएको उनीहरूले बताएका छन्। सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यु साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नदीमा बाँधिने बाँध बाढी रोकथामका साथै बिजुली निकाल्न र सिंचाइका लागि निकै महत्वपूर्ण हुन्छन् । तर, दुनियाँमा मानिसले यति भीमकाय बाँधहरू समेत बनाएका छन् जसले प्रकृतिको सनातन नियमलाई नै अवरुद्ध पार्ने जोखिम छ। एउटा बाँध त यस्तोसम्म छ कि यसले पृथ्वीको घुम्ने गतिलाई नै सुस्त बनाइदिएको छ । हो, चीनको थ्री गर्जेज बाँध विश्वकै ठुलो बाँध ...
। विद्युतीय सामग्रीमा विश्वभर रजगज गरेको सामसङ ग्रुपका कर्मचारीहरू सेवासुविधा वृद्धिको माग गर्दै हड्तालमा उत्रिएका छन् । करिब ३० हजार कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । कर्मचारीहरूको संगठन नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले सुरुवातमा तीन दिने हड्ताल गर्दै आन्दोलनको सुरुवात गरेको थियो । त्यसक्रममा व्यवस्थापन मागप्रति उदार नभएकाले अनिश्चतकालीन आन्दोलनमा होमिनुपरेको कर्मचारीहरूले बताएका छन् ...
। चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।’ ‘निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा छ वटा क्यानभास ...
यदि तपाईं आफ्नो ल्यापटपको पिंधको भाग छाम्नुभयो भने सायद त्यो तातो महसुस हुन्छ । इमेल डिस्प्ले गर्नेदेखि स्प्रेडशिट बनाउने अनि विभिन्न चिप्स चलाउनका लागि ल्यापटपलाई करोडौं क्याल्कुलेसन गर्नु पर्दछ, जसमा ऊर्जा खपत हुन्छ । यही कारणले गर्दा जब तपाईंले लामो समयसम्म काम गर्नुहुन्छ तब ल्यापटपको ब्याट्री छिटै डिस्चार्ज हुन्छ । अब कल्पना गर्नुहोस् त ती दुनियाँका लाखौं ...
। युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको छ । बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् । भारत गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ ...