मुख्य समाचार
राजस्वको नियन्त्रणमा डेढ करोडका कपडा
राजस्वको नियन्त्रणमा डेढ करोडका कपडा

— तस्कारहरूले चाडबाडलाई लक्ष्य गरेर काठमाडौंको बजारमा अवैध रूपमा भारतीय सामान भित्र्याउन सिरहा नाका रोजेको भेटिएको छ । यस नाका भएर भारतबाट पछिल्लो दुई दिनमा अवैध रूपमा झन्डै डढ करोड रुपैयाँ बराबरको कपडा बरामद भएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले सशस्त्र प्रहरी बलको सहयोगमा सिरहास्थित माडर नजिकैबाट काठमाडौं लैजाँदै गरेको ट्रकसहित आइतबार बिहान झन्डै एक करोडको कपडा बरामद गरेको छ । पछिल्लो समय चोरी–पैठारी हुन थालेको सुराकीका आधारमा प्रहरी परिचालन गरिएको राजस्व कार्यालयका प्रमुख सुरेश आचार्यले जनाए । सारी, कुर्ता–सुरुवाल, सर्टिङ–सुटिङलगायत कपडा बरामद गरिएको उनको भनाइ छ । राजस्वको सुराकीका आधारमा गोलबजारस्थित सशस्त्र प्रहरीले कपडाको ट्रक नियन्त्रणमा लिएको हो ।

सिरहाको माडरस्थित एक विद्यालय परिसरको आँपबगैंचा नजिकैबाट शनिबार बिहान पनि झन्डै ५० लाखको कपडा बरामद गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जनाएका छन् । यसरी दुई दिनमा करिब डेढ करोडको सामान बरामद गरेको उनको भनाइ छ । उक्त कपडा पनि बगैंचामा थुपारिएको अवस्थामा फेलापरेको उनले बताए ।

दसैंमा भारतीय कपडाको खपत काठमाडौंमा बढी हुने भएकाले खुला सीमाको फाइदा उठाएर चोरी–पैठारी बढेको महानिर्देशक ढुंगानाको दाबी छ । सीमा क्षेत्रका व्यक्तिले ससानो परिणाममा यस्ता सामान भित्र्याउने र एकै स्थानमा थुपारेर ठूलो परिमाण बनाउने गरेको प्रारम्भिक अध्ययनले देखाएको पनि उनले जनाए । नेपाल भित्र्याएपछि उक्त सामानलाई व्यवस्थित रूपमा प्याकिङ गरेर सवारीसाधनमा लोड गरेको राजस्व कार्यालयका प्रमुख आचार्यले बताए ।

बरामद सामानको नक्कली बिल पनि रहेको उनको भनाइ छ । पूर्व–पश्चिम राजार्गबाट करिब २३ किमि दक्षिणतर्फ रहेको सिरहा भन्सार नाका छलेर खुला बाटो चोरी–पैठारी हुने गरेको उनले जनाए । जिल्लाको करिब ४६ किमि भारतीय सीमामा जोडिएको छ । खुला सीमाका कारण ससानो परिणाममा सामान भित्र्याएर संकलन गर्ने प्रवृत्ति बढ्दो रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । साइकल वा मोटरसाइकलमा विवाह, चाडबाड र व्यक्तिगत प्रयोजनका लागि भन्दै सामान भित्र्याउने गरिएको उनको भनाइ छ । खुला सीमा लामो भएकाले भन्सारले चाहेर पनि नियन्त्रण गर्न कठिन भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बर्सेनि सरकारले करको दायरा फराकिलो बढाउँदै लैजाने लक्ष्य लिएअनुसार करदाता लाखौंंको संख्यामा बढोत्तरी हुँदै गएको छ। चालु आर्थिक वर्षको ८ महिनामा सरकारले करको दायरामा थप ४ लाख ३३ हजार ७ सय ३ लाई ल्याउन सफल भएको छ। तर जसरी करको दायरामा आएकाको संख्या बढ्दै गएको छ। तर, सो अनुपातमा राजश्व संकलनको आकार भने बढेको ...
— उपलब्ध साधन स्रोतलाई ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा आइतबार अर्थमन्त्री पौडेलले स्रोत ख्याल गरेर आयोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् । अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसाग समन्वय गरी आगामी वर्षको बजेट ...
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराउँदै आएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) अन्तर्गतको पाँचौं किस्ता दिने भएको छ । यसअनुसार अब नेपालले चार करोड १८ लाख अमेरिकी डलर बराबर (करिब पाँच अर्ब ८१ करोड रुपैयाँ) भुक्तानी पाउनेछ । गत शुक्रबार बसेको आईएमएफको कार्यकारी बैठकले पाँचौं किस्ता भुक्तानी दिने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति ...
— वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले यस अवधिमा ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । लक्ष्यको तुलनामा दुवै भन्सारको राजस्व असुली कम भएपनि असुली दर भने उत्साहजनक रहेको छ । वीरगन्ज ...
। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तयारी थालेको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । आगामी आवको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरूले आ–आफ्ना कार्यक्रम तथा योजना बनाइरहेको अर्थ मन्त्रालयले जनाएको छ । सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य ...