सबैको ध्यान कबड्डीतर्फ
सबैको ध्यान कबड्डीतर्फ

— पहिलो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको महिला कबड्डी टिमसामु सोमबार नेपाललाई पहिलो पदक दिलाउने सम्भावना रहेको छ । नेपालले आफ्नो समूहको खेलमा बंगलादेशको सामना गर्दै छ र त्यसमा जित निकाल्न सके कम्तीमा कांस्य पदक जित्ने निश्चित हुनेछ । महिला कबड्डीमा कुल सात टिमको सहभागिता रहेको छ ।

त्यसमध्ये समूह ‘ए’ मा चार टिम रहेका छन्, भारत, चिनियाँ ताइपेई, थाइल्यान्ड र दक्षिण कोरिया । समूह ‘बी’ मा भने नेपाल र बंगलादेशसँगै इरान रहेका छन् । कबड्डीमा तेस्रो स्थानका लागि थप खेल हुने छैन । नेपाल र बंगलादेशबीचको खेल स्थानीय समयअनुसार साढे दस बजे सुरु हुनेछ । त्यस अगाडि बंगलादेशले साढे आठको खेलमा इरानको सामना गर्नेछ ।

महिला कबड्डीमा नेपाल पछिल्लो दक्षिण एसियाली खेलकुदको रजत पदक विजेता पनि हो । नेपालले त्यस क्रममा बंगलादेशलाई हराएको थियो । नेपाली टिमका प्रशिक्षक पार्वती राई आफ्ना खेलाडीको आत्मविश्वास उच्च रहेको बताउँछिन् । भारतमा विशेष प्रशिक्षण लिएर टिम शनिबार चीन आइपुगेको हो ।

‘हामीले भारतमा राम्रो तयारी गरेका छौं । त्यसैले पनि हाम्रा खेलाडीको उच्च मनोबल रहेको छ । हामी बंगलादेशलाई हराउन सक्षम छौं,’ उनले भनिन् । नेपालले दक्षिण एसियाली खेलकुदमा महिलातर्फ अहिलेसम्म एक रजत र तीन कांस्य जितेको छ । यस्तोमा नेपाली खेलकुद इतिहासमै कबड्डीसामु अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक सफलता हात पार्ने अवसर रहेको छ ।

नेपाली टिममा कुल १२ खेलाडी रहेका छन् र उनीहरू हुन्, जयन्ती बडु, मनमती विष्ट, अर्पणा चौधरी, रविना चौधरी, गंगा घिमिरे, नीतु गुरुङ, कलावती पन्त, अनुजा राई, इशा राई, मेनुका राजवंशी, सुनीता थापा र सिर्जना थारू । नेपाललाई पदक दिलाउने सम्भावना भनिएका तीन खेलमध्ये तेक्वान्दो र बक्सिङको चुनौती समाप्त भएयता कबड्डीमा अप्रत्याशित सम्भावना तयार भएको हो ।



पदकको सम्भावना रहेको कराते टिम अझै चीन आइपुगेको छैन । कुल आठ टिम सम्मिलित कराते टिम भने मंगलबार हाङचउ आइपुग्नेछ । टिम पुगेयता मात्र प्राविधिक टिमको बैठक बस्ने र ड्र निकाल्ने काम हुनेछ । यी औपचारिक प्रक्रिया पूरा भएपछि मात्र करातेमा नेपालको सम्भावनाबारे भन्न सकिनेछ ।

त्यसबाहेक पुरुष क्रिकेटबाट पनि नेपालको पदकको सम्भावना कायम रहेको छ । नेपालले आइतबार माल्दिभ्सलाई हराएयता क्वाटरफाइनल यात्रा तय गरिसकेको छ । त्यस चरणको ड्र निकाल्न भने अझै बाँकी रहेको छ । नेपालले नकआउट चरणमा टेस्ट मान्यता कुनै टिमलाई हराउने हो भने पदकको सम्भावनाबाट गुज्रिनेछ ।

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो टिमको एक मात्र मुख्य लक्ष्य भनेकै पदक जित्नु रहेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो एक मात्र ध्यान भनेकै पदकमा केन्द्रित रहनु हो । हामीले पदक जित्न सके, त्यो नेपाली क्रिकेटका लागि पनि विशेष हुनेछ । ट्वान्टी–२० क्रिकेटमा सबै प्रकारका सम्भावना खुला छन् र हामी कुनै पनि टिमलाई हराउन सक्षम छौं ।’

उनले क्वाटरफाइनल अगाडि नेपालले दुई खेल खेलिसकेको स्थितिमा आफ्नो टिमलाई थप फाइदा पुग्ने मान्छन् । ‘हामी यहाँको वातावरण र पिचसँग केही हदसम्म अभ्यस्त भइसकेका छौं । त्यसैले पनि हामीले अझ राम्रो गर्न सक्ने आधार तयार भएको हो । फेरि हाम्रा खेलाडी पनि पदक सम्भावनालाई लिएर उत्साहित छन्,’ रोहितले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...