अविनाशको कीर्तिमानी बलिङ
अविनाशको कीर्तिमानी बलिङ

— ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कसैले ६ विकेट लिएकै थिएनन् । अविनाश बोहराले आइतबार त्यो पनि पूरा गरे । उनको कीर्तिमानी सटीक बलिङ मद्दतले नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्‍यो । नेपाल समूह ‘ए’ को विजेताका रूपमा एसियाली खेलकुदको पुरुष स्पर्धाको नकआउट चरण पुगेको हो ।


नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि खेलाडीले ब्याटिङ मात्र होइन, बलिङ अभ्यासको पनि राम्रै मौका पाए । अविनाशको धारिलो आक्रमण अगाडि पूरा माल्दिभ्सको टिम १९.४ ओभर मात्र टिक्यो र ७४ रन बनाउन सक्यो । अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चे र छ विकेट लिए । उनी ह्याट्रिकको मौकाबाट भने चुके तर उनलाई यसमा गुनासो भने रहने छैन ।

उनले सबैभन्दा पहिले फरिद सिउसको विकेट लिए र त्यसपछि लगातार छाइरहे । उनले आफ्नो पहिलो ओभरमै तीन विकेट लिएका थिए । माल्दिभ्सका ब्याटरमध्ये मोहम्मद घानीले मात्र केही सदृढ प्रदर्शन गरे । उनले ३४ बलमा ३६ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक रसिद रसमले १२ र सिउसले १० रन बनाए । नेपालका लागि भने सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

त्यस अगाडि नेपालले २० ओभर उपयोग गर्दै सात विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल २० बलमा ४७ रन बनाएर अविजित रहे । टिमको स्कोरमा उनको भन्दा पनि कप्तान रोहित पौडेलको योगदान बढी रह्यो । उनले २७ बलमा ५२ रन बनाए । उनले पनि समान तीन चौका र छक्का प्रहार गरे । कुशल भुर्तेल र गुल्सनले समान ३५ रनको योगदान दिए । तेस्रो एसियाली खेलकुद खेलिरहेका विनोद भण्डारीको ब्याटबाट १३ रन निस्केको थियो । माल्दिभ्सको बलरमध्ये नजवान इस्माइलले तीन विकेट लिए ।

खेलपछि ट्वान्टी–२० विशेषज्ञ खेलाडी अविनाशले आफ्नो प्रदर्शनमा खुसी व्यक्त गरे । उनले भने, ‘ह्याट्रिक गर्न सकिएन, त्यो पनि पूरा भएको भए, अझ खुसी हुने थिएँ । नेपालका लागि पाँच विकेट लिने सपना थियो । आजको प्रदर्शनले म पुरानो लयमा फर्केको जस्तो लाग्छ । अब हाम्रोसामु राम्रो टिमविरुद्ध खेल्ने अवसर छ । म नेपाललाई पदक दिलाउन चाहन्छु । अबको यात्रा पक्कै पनि सजिलो भने हुने छैन । तर यहाँको पिचमा सबै प्रकारको सम्भावना खुला छन्, यो पिच सजिलो नै भन्ने छैन । त्यसैले म धेरै आशावादी छु ।’



तिलक ५२ औं स्थानमा

आर्चरीको पुरुष रेकुभ व्यक्तिगतमा नेपालका तिलक मगर प्रारम्भिक छनोट चरणमा ५२ औं स्थानमा रहे । पुरुषतर्फको प्रारम्भिक छनोटमा ८४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तिलकले समग्रमा ६ सय ३४ स्कोर गरे । यस विधामा दक्षिण कोरियाका उसेओक ली ६ सय ९० स्कोरका साथ शीर्षस्थानमा रहे ।

महिलातर्फको कम्पाउन्ड व्यक्तिगत प्रदर्शनमा नेपालकी इमायुङ राई ४५ औं स्थानमा रहिन् । उनले ६ सय ४७ स्कोर गरेकी थिइन् । यस विधामा ५१ खेलाडीले भाग लिएका थिए । भारतकी ज्योति सुरेखा शीर्षस्थानमा रहेकी छन् । उनले सर्वाधिक ७ सय ४ स्कोर गरेकी थिइन् । रिक्यभको महिला व्यक्तिगत छनोटमा नेपालकी मञ्जु अमगाईं ७७ औं स्थानमा रहिन् ।

स्क्वासमा पनि निराशा



पुरुष एकलको स्क्वासका खेलमा आइतबार अमृत थापा र अरहन्ता सिंह पराजित भएका छन् । ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको अन्तिम ३२ को खेलमा कुवेतका अब्दुल्लाह अल्मिजेनले अमृतलाई ११–४, ११–२ र ११–५ ले हराए । यस्तै मलेसियाका मोहम्मद बिनले अरहन्तालाई ११–५, ११–३ र ११–३ ले पराजित गरे । यसअघि मिक्ड्स डबल्समा हङकङको यी लिन र सी हिमको जोडीले स्वस्थानी श्रेष्ठ र अमिर ब्लोनको जोडीलाई ११–१ र ११–३ ले पन्छायो ।

फूलमतीको प्रदर्शनमा सुधार

एथलेटिक्सअन्तर्गत महिला १५०० मिटरमा नेपालकी फूलमती रानाले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छन् । ओलम्पिक सेन्टर स्टेडियमको ट्र्याकमा भएको स्पर्धामा फूलमतीले निर्धारित दूरी ४ मिनेट ३७.६४ सेकेन्डमा पूरा गरेकी हुन् ।

यसअघि उनले एसियन एथलेटिक्स च्याम्पियनसिपमा ४ मिनेट ४९.७२ सेकेन्डको समय निकालेकी थिइन् । यस विधामा राष्ट्रिय कीर्तिमान भने सरस्वती भट्टराईको नाममा छ । सरस्वतीले २०१६ मा रियो ओलम्पिकमा ४ मिनेट ३३.९४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...