मुख्य समाचार
अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो
अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो

— अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार छाडिएको छ ।

अभिनेता केसीलाई आइतबार साँझ हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् । ‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् । दर्शकले ‘धोकेबाज’ गीतलाई ‘वान्स मोर’भन्दा धेरैको ...
। सन् २००४ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘मै हूँ ना’ उनको सफल फिल्म मध्ये एक हो । फिल्ममा शाहरुखसँग फराह खानले काम गर्ने मौका पाएकी थिइन् । हुन त, दर्शकले फराहसँग शाहरुखका सबै फिल्मलाई रुचाएका छन् । अहिले ‘मै हूँ ना २’ को चर्चा छ र यो फिल्मको स्क्रिप्टमा काम सुरु भएको बताइएको ...
। अभिनेत्री मनीषा कोइरालाले कमाइमा इतिहास रचेको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न चाहेर पनि नपाएको बताएकी छन् । ‘दुईपटक यो फिल्म हेर्ने समय मिलाएँ तर हाउसफूलको कारण टिकट पाइँन’ ह्वाइट हाउस साहित्य महोत्सवमा उनले भनिन् । नेपाली फिल्म यसरी चलेकोप्रति आश्चर्य मान्दै उनले नेपाली फिल्मको बजार विस्तार हुँदै गएको बताइन् । फेस्टिभल अन्तर्गतको छलफल सत्र ‘आर्ट ...
: नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा आगामी फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने जानकारी दिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सव ...
। सन् २००१ को हिट टिभी श्रृंखला ‘मिटियर गार्डेन’मा अभिनय गरेर चर्चित भएकी ताइवानी अभिनेत्री बार्बी सुको ४८ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मन्डारिन भाषा बोल्ने मुलुकका भाषामा उक्त श्रृृंखलालाई स्वरांकन गरिएपछि उनी फिलिपिन्स, इन्डोनेसिया र थाइल्याण्डमा पनि परिचित अनुहार बनेकी थिइन् । ‘म यो विश्वास गर्न सक्दिन’ चिनियाँ सामाजिक मिडिया ...