मुख्य समाचार
पाँचथर जिल्ला अस्पतालमा गेडीको सफल प्रत्यारोपण
पाँचथर जिल्ला अस्पतालमा गेडीको सफल प्रत्यारोपण

— पाँचथर जिल्ला अस्पतालमा पहिलो पटक गेडीको सफल प्रत्यारोपण गरिएको छ । जसलाई चिकित्सकको भाषामा हेमी रिप्लेसमेन्ट आर्थोपोलोजी भनिन्छ ।

चिकित्सकहरुका अनुसार गेडी प्रत्यारोपण र यसको पूर्व तयारीमा गरिने अप्रेसनलाई जटिल प्रकृतिको मानिन्छ । यसअघि यो अप्रेसन कोशी अञ्चलका कुनै सरकारी अस्पतालमा भएको थिएन । देशभरका जिल्ला अस्पतालहरुमा गेडीको सफल प्रत्यारोपण गर्न पाँचथर अस्पताल पहिलो पटक सफल भएको चिकित्सकहरुको दाबी छ ।

गेडी मानिसको पछिल्लो भाग (हिप) नजिकै हुन्छ जसले तिघ्रा र कम्मरको पछिल्लो भागलाई जोड्ने काम गर्छ । दबाब पर्ने गरी पछारिँदा वा थेचारिँदा गेडी खुस्किन्छ ।

हाडजोर्नी विशेषज्ञ डाक्टर देउमान लिम्बू नेतृत्वको टोलीले चार घण्टा लगाएर ताप्लेजुङ फुङलिङ-१ की ६० वर्षीया दिलकुमारी लिम्बूको शनिबार गेडी प्रत्यारोपण गरिएको हो ।

असोज १० गते बलेसीमा लडेर गेडी खुस्केकी उनलाई ११ गते साँझ पाँचथर अस्पताल ल्याइएको श्रीमान् रामकेशर लिम्बूले बताए ।



लिम्बूको गेडी प्रत्यारोपण गर्न अस्पतालमा ३६ हजार रुपैयाँ खर्च भएको छ । जुन प्रत्यारोपणमा आवश्यक पर्ने सामग्री किन्न खर्च भएको हो । केही ठूला निजी अस्पतालहरुमा गेडी प्रत्यारोपण गर्न ७ देखि ८ लाख रुपैयाँसम्म शुल्क लाग्ने पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू