सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा पोख्ने बनाइयो : पुन
सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा पोख्ने बनाइयो : पुन

— सामाजिक संजालको दुरुपयोग भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि नेपालमा त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको उनले बताए ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा पुनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने बताए । लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा सीमित हुँदै गएको बताए ।

‘कतिपय अवस्थामा मूलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ । व्यक्ति-व्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्म छन्’, उनले भने, 'प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ । तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन । त्यसअनुसार सामाजिक चेतनाको विकास भएको छैन । आफ्नो धारणा नै सबैको धारणाजस्तो, आफूले बुझेको नै अन्तिम सत्यजस्तो, आफ्नो आँखाले देखेको कुरा नै सबै संसार हो भन्नेजस्तो भएको छ ।’

सामाजिक संजालको दुरुपयोगले समाजलाई असहिष्णुतातिर धकेल्न लागेको पनि पुनको भनाइ थियो । सामाजिक संजालका कारण व्यक्ति, समाज र राज्यका बारेमा एकांकी धारणाको विकास हुने अवस्था सिर्जना हुन थालेको पनि उनले बताए ।

प्रतिनिधिसभा सदस्य रहेका पुनले सामाजिक संजालमा आलोचना गरेकै भरमा नागरिकलाई प्रविधिको उपयोगबाट रोक्न भने नहुने बताए । उनले राजनीतिक दल र सरकारले समाजबाट एकांकी बन्नबाट जोगाउन सक्नुपर्ने उनको भनाइ छ ।



त्यस्तै, पुनले राजनीतिक संघर्षको बलमा प्राप्त गणतन्त्र र संघीयता संस्थागत गर्दै युवाहरूलाई देशभित्रै भविष्य देखाउन सक्नुपर्ने बताए । उनले माओवादी केन्द्र र सरकार त्यसमा केन्द्रित रहेको पनि बताए ।

पुनले जो कोही मुछिने अवस्था आए पनि सुशासनका लागि थालेको सरकारको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताए ।

‘माओवादी केन्द्रको मुख्य एजेन्डालाई सबै राजनीतिक दलले स्वीकार गरेर आजको परिवर्तन सम्भव भयो । यसलाई परिमार्जन, सुढुढ र संस्थागत गर्ने जिम्मा पनि माओवादी केन्द्रकै रहेको छ,' उनले भने, 'सरकारले सुशासन, समृद्धि र साथै सामाजिक न्यायको कामलाइ अगाडि बढाएको छ । सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान जो कोहीतिर सुई सोझिए पनि रोकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...