मुख्य समाचार
वीरगन्ज महानगरमा थपिँदै डेंगीका बिरामी
वीरगन्ज महानगरमा थपिँदै डेंगीका बिरामी

— वीरगन्ज महानगरपालिकामा डेंगी संक्रमण बढ्दै गएको छ । यस वर्ष साउनको अन्तिम सातादेखि आइतबारसम्ममा महानगरमा ५७ डेंगी रोगी देखिएका वीरगन्ज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिलकुमार यादवले जनाए ।

उनका अनुसार, साउनमा २, भदौमा ३८ र असोजमा १७ गरी कूल ५७ डेंगी रोगी फेला परेका हुन् । उनीहरु वीरगन्जका विभिन्न अस्पताल तथा चिकित्सकको सम्पर्कमा पुगेका छन् ।

पछिल्लो पटक नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा २ र एड्वान्स अस्पतालमा १ गरी नयाँ ३ डेंगी रोगी सम्पर्कमा आएका प्रमुख यादवले बताए । उनीहरु अस्पतालमै उपचारमा छन् ।

पछिल्लो समय वीरगन्जको श्रीपुर, बसपार्क, रेल्वे रोड, छपकैंया लगायतका स्थानबाट रोगी सम्पर्कमा आउन थालेकाले ती क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्न ‘सर्ट एण्ड डिस्ट्रोय’ अभियान सन्चालन गरिएको उनले बताए । अभियानको क्रममा हालसम्म ६ सयभन्दा बढी टायरबाट लामखुट्टेको लार्भा नष्ट गरी सकिएको उनले बताए ।

यसअघि महानगरमा सञ्चालित विभिन्न अस्पतालमै यो अभियान चलाउँदा कतिपय अस्पतालमा भण्डारण गरिएको टायर र खाली भाँडाकुँडाहरुमा समेत लामखुट्टेको लार्भा फेला पारेर नष्ट गरिएको उनले बताए । वर्षायाममा टायरको उचित व्यवस्थापन नहुँदा त्यसमै हुर्किने लामखुट्टेबाट डेंगी रोगको प्रकोप फैलिने खतरा हुने गरेको उनको भनाइ छ । गमला र एयर कन्डिसनमा जमेको पानीमा पनि डेंगीको लार्भा हुर्कने गरेकाले महानगरवासी सचेत हुनु पर्ने उनको सुझाव छ ।



हालसम्म सम्पर्कमा आएका रोगीहरुमा धेरै जटिल समस्या नरहेको उनले बताए । ‘हालसम्म यो रोगबाट मानवीय क्षतिको घटना भएको छैन, यस वर्ष त्यति धेरै जटिलता रोगीमा देखिएको पनि छैन,’ उनले भने, ‘धेरै बिरामीहरु चिकित्सकको सल्लाह र सम्पर्कमा रही घरमै बसेर पनि उपचार गराइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाढी पहिरोबाट घाइते भएका १०८ जनामध्ये ७३ जना डिस्चार्ज भएका छन्। विभिन्न जिल्लामा उनीहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेमध्ये ५६२ जनाले ओपीडीमार्फत सेवा लिएका थिए। अन्तरंग सेवा लिएका १०८ मध्ये केहीको शल्यक्रियासमेत गर्नुपरेको प्रवक्ता बुढाथोकीले बताए। घाइते सबैलाई निशुल्क उपचार गरिएको प्रवक्ता बुढाथोकीको भनाइ छ। बाढी पहिरोबाट ...
। नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको छ । काउन्सिलका अनुसार यस वर्षको परीक्षामा कुल ५५.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवको अनुसार, मेडिकल तर्फ ५१.४ प्रतिशत र डेन्टल तर्फ ७२.९७ प्रतिशत विद्यार्थी सफल भएका छन् । मेडिकल विभागमा १,१६८ जनाले आवेदन दिएकोमा १,१२९ जनाले ...
। कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न ...
। धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । अस्पतालले गण्डकी प्रदेश ...
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...