खोला किनारदेखि विश्व कीर्तिमानसम्म
खोला किनारदेखि विश्व कीर्तिमानसम्म

— भीमदत्त नगरपालिका–१० सुकासालनजिकै गज्जर खोलाकिनारमा कस्मोपोलिटन इंग्लिस स्कुल छ । खोलाको किनार नै विद्यालयको खेलमैदान हो । त्यही खोला किनारमा लडीबुडी गर्दै क्रिकेट सिकेका दीपेन्द्र सिंह ऐरीले बुधबार विश्व कीर्तिमान बनाए ।
चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत मंगोलियाविरुद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक हानेर विश्व कीर्तिमान कायम गरे । उनले १० बलमा अविजित रहँदै ५ सय २० को स्ट्राइक रेटसहित ५२ रन बनाए । उनले आफ्नो इनिङ्समा ८ छक्का प्रहार गरे । बलिङतर्फ पनि २ ओभरमा २ रन खर्चेर १ विकेट लिए । मंगोलियाविरुद्धको खेलमा नेपालले थुप्रै कीर्तिमानहरू बनाएको टी–२० अन्तर्राष्ट्रियमा टिमकै उच्च स्कोर, बढी अन्तरको जित, बढी छक्का र ब्याट्समेन कुशल मल्लको ३४ बलमै शतकलगायतका कीर्तिमान बने । यसले सबैलाई चकित मात्रै पारेको छैन विश्व क्रिकेटमा सनसनी नै फैलाएको छ ।

दीपेन्द्रको प्रदर्शनले उनको घरपरिवार मात्रै नभएर गाउँलेसमेत खुसी छन् । परिवारका सदस्य पनि निकै उत्साहित भएका छन् । ‘स्कुल पढ्दा खोलामा क्रिकेट खेल्थ्यो, त्यसपछि कभर्ड हलमा सिकेर अहिले यहाँसम्म पुग्यो,’ दीपेन्द्रका बुबा गगनसिंहले भने, ‘कभर्ड हलसम्म जान साइकल थिएन, बिहानै हिँडेरै जान्थ्यो ।’ उनी वन विभागमा फरेस्टर थिए । एउटा साइकल थियो । त्यसमा उनी आफैं अफिस जान्थे । अन्य साधन नभएपछि दीपेन्द्र तिलाचौरदेखि महेन्द्रनगरसम्म ६ किलोमिटर प्रदल हिँडेर कभर्ड हल पुग्थे ।



‘सुरुमा त मोजाको बल र काठको ब्याटबाटै हो उसले खेल्न थालेको,’ गगनले भने, ‘क्रिकेट भनेपछि खाना पनि खाँदैनथ्यो, जहाँ प्रतियोगिता भयो त्यहाँ पुगिहाल्थ्यो ।’ उनका अनुसार दीपेन्द्र क्रिकेट मात्रै नभई सानोछँदा भलिबल पनि खेल्थ्यो । गाउँमा खाली ठाउँ नहुने भएकाले खोला किनार र खेतीपाती भित्र्याएपछि खाली खेतका गह्रामा समेत खेल्ने गरेको उनले बताए । दीपेन्द्रले घर नजिकै खोला किनारमा अभ्यासका लागि नेट पिच बनाएका छन् । घर आएका बेला उनले त्यही पिचमा गाउँका साथीभाइसँगै अभ्यास गर्छन् । पछिल्लो पटक एकपछि अर्को प्रतियोगितामा व्यस्त भएका कारण उनी घर आएका छैनन् ।





बुधबार गगन छोराका खेल टीभीमा हेर्न रिचार्जका लागि स्थानीय बजार सुकासाल गएका थिए । उनले साँझ साढे ६ बजेदेखि खेल हुने सुनेका थिए । त्यहीअनुसार टीभीको रिचार्जसँगै सबै तयारी गरेर ठिक्क परेर बस्ने उनको योजना थियो । तर सुकासालमा सबैले बधाई दिँदा उनी अचम्म भए । त्यसपछि मात्रै उनले छोराले कीर्तिमान बनाएको थाहा पाए ।



‘आफन्तले भेटेर बधाई दिए, खुसी साटे त्यसपछि मात्रै छोराको कीर्तिमानबारे थाहा पाएँ,’ उनले भने, ‘खेल हेर्न नपाएकोमा पछुतो पनि लागिरहेको छ, क्रिकेटमा उसको धेरै लगाव थियो, बिहानदेखि साँझ अबेरसम्मै क्रिकेटमै हुन्थ्यो, आज गरेर पनि देखायो ।’ उनका अनुसार वडाध्यक्षदेखि अन्य जनप्रतिनिधि र आफन्तले फोनमार्फत पनि बधाई दिइरहेका छन् ।



प्रतियोगिताका दिन त दीपेन्द्र भारतीय सञ्चारमाध्यममा पनि छाए । भारतीय अलराउन्डर युवराज सिंहको कीर्तिमान तोडेपछि उनी सञ्चारमाध्यममा छाएका हुन् । हालै पाकिस्तान र श्रीलंकामा सम्पन्न एसिया कपमा पनि भारतविरुद्ध नेपालले राम्रो प्रदर्शन गरेका कारण नेपाली क्रिकेटप्रति भारतीय सञ्चारमाध्यम पनि आकर्षित भएका हुन् ।



२०५६ मा जन्मिएका दीेपेन्द्र २०७४ देखि राष्ट्रिय टोलीमा समावेश भएका हुन् । गाउँकै स्कुलबाट एसएलसी गरेपछि महेन्द्रनगरस्थित सनराइज स्कुलमा भर्ना भएपछि उनका लागि क्रिकेट खेल्ने र सिक्ने सपना अझ नजिकै पुगेको हो । सनराइजका प्रधानाध्यापक दीपकराज चालिसे आफैं जिल्ला क्रिकेट संघका अध्यक्ष थिए । क्रिकेट खेलाडीका लागि निकै राम्रो वातावरण थियो ।



फरेस्टरबाट अवकाश प्राप्त गगन हाल भीमदत्त नगरपालिका–८ तिलाचौरमा बस्छन् । बैतडीको दशरथचन्द–६ गरुडीबाट २०३६ सालमा बसाइँ सरेका हुन् उनी । हाल उनले खेतीपातीसँगै पशुपालन पनि गरिरहेका छन् । खेतीपातीमा उनको परिवार आफैं जुट्छ । पुशपालनबाट पनि दुधघ्यू बिक्री गर्छन् । गगनका ४ छोरामध्ये दीपेन्द्र साइला हुन् । जेठा रमेश काठमाडौंमा अध्ययन गरिरहेका छन् । माइला भूपेन्द्र धनगढीमा एमआरको काम गर्छन् । कान्छा भानुभक्तसिंह ६ कक्षामा अध्ययनरत छन् । उनकी बहिनी राजमती पनि क्रिकेटर नै हुन् । उनी अहिले एपीएफबाट क्रिकेट खेल्छिन् ।



दीपेन्द्रको परिवारमा क्रिकेट खेल्ने उनी एक्ला होइनन् । बहिनी राजमतीसँगै काकाका छोरा प्रदीप र अर्का काकाका छोरा कमल पनि क्रिकेटर नै हुन् । बुधबार मंगोलियाविरुद्धको खेलमा भीमदत्त नगरपालिकाकै सन्दीप जोरा पनि नेपाली टिममा थिए । टिमका अर्का सदस्य विनोद भण्डारी पनि भीमदत्त नगरपालिकाकै हुन् । ‘दीपेन्द्र जहिल्यै पनि आफ्नो नेचुरल गेम खेल्छ, उसलाई कसैले रोक्न सक्दैन,’ महेन्द्रनगरस्थित कभर्ड हलमा लामो समय दीपेन्द्रलाई प्रशिक्षण गराएका क्यानका प्रशिक्षक वीरेन्द्र शाहीले भने, ‘टिमको अवस्था जस्तो भए पनि उसले आफ्नो खेल खेल्छ, कसैले सम्झाएको मान्ने होइन ।’

हाल सुर्खेतमा प्रशिक्षण दिइरहेका शाहीले कभर्ड हलमा लामो समय प्रशिक्षण दिएका थिए । दीपेन्द्रको उत्कृष्ट प्रदर्शनले प्रशिक्षकदेखि खेलाडी शुभचिन्तकलाई समेत उत्साही बनाएको छ । ‘क्रिकेटमा दीपेन्द्रको निकै बढी लगाव थियो, बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा अलराउन्ड प्रदर्शनले यहाँसम्म पुर्‍याएको हो,’ कञ्चनपुर क्रिकेट केन्द्रीय सदस्य वीरेन्द्र चन्दले भने, ‘उसको मिहिनेत देख्दा हामीलाई पनि लोभ लाग्थ्यो ।’ २०५१ देखि कञ्चनपुर क्रिकेटसँग जोडिएका चन्द हाल जिल्ला क्रिकेट संघका अध्यक्षसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...