एनएसएल अक्सन : लाकेनलाई ९ टोलीकै मूल्य
एनएसएल अक्सन : लाकेनलाई ९ टोलीकै मूल्य

— नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा ‘ए’ श्रेणीका १० खेलाडीले अधिकतम मूल्य पाएका छन् ।
मंसिरमा हुने एनएसएलको दोस्रो संस्करणका लागि शनिबारको अक्सनमा ‘ए’ श्रेणीमा रहेका २७ मध्ये १० खेलाडीमाथि अधिकतम ३ लाख ५० हजारको भाउ लागेको थियो ।

‘ए’ श्रेणीका खेलाडीको १ लाख ५० हजार बेसप्राइस राखिएकामा बोलकबोलबाट त्यो बढेर अधिकतम भाउमा पुगेको थियो । झापा एफसीले लाकेन लिम्बू, ललितपुर एफसीले सेसेहाङ आङदेम्बे, दिनेश हेन्जन र सनिश श्रेष्ठ, काठमाडौं रेजर्सले दीपेश गुरुङ, वीरगन्ज युनाइटेड एफसीले सीमान्त थापा र सुदीप गुरुङ, एफसी चितवनले छिरिङ गुरुङ, धनगढी एफसीले कृतिशरत्न छुन्जु र स्पोर्टिङ मेची डे इलामले आशिष गुरुङलाई अधिकतम भाउमा लिएका हुन् ।

लाकेनलाई एनएसएलमा प्रतिस्पर्धा गर्न लागेका सबै ९ टोलीले अधिकतम भाउ लगाएपछि उनी गोलाप्रथामा झापा पुगेका थिए । सनिश श्रेष्ठलाई पनि ८ टोलीले अधिकतम भाउ लगाएका थिए । एनएसएल अक्सनमा एउटा टोलीले कम्तीमा १८ लाख र अधिकतम २५ लाख खर्च गरेर मार्कीबाहेक १४ नेपाली खेलाडी लिनुपर्ने थियो । ‘ए’ श्रेणीका सबै ३ खेलाडीमाथि अधिकतम ३ लाख ५० हजार भाउ लगाएको ललितपुरले सबैभन्दा बढी कुल २४ लाख २० हजार खर्च गरेको छ । स्पोर्टिङ मेचीले २० लाख ७० हजार, झापाले २० लाख ५० हजार, काठमाडौंले २० लाख १० हजार खर्च गरेका छन् । त्यस्तै वीरगन्जले १९ लाख ७० हजार, धनगढीले १९ लाख १० हजार, चितवनले १८ लाख २० हजार खर्च गरेका थिए । १८ लाखमुनि रहेका बुटवल लुम्बिनी एफसीले १६ लाख ७० हजार र चितवनले १५ लाख ६० हजारमात्र अक्सनमा खर्च गरेकाले उनीहरूले जरिवाना तिर्नुपर्नेछ ।

अक्सनअघि नै फ्रेन्चाइज टोलीले मार्की खेलाडी लिइसकेका थिए । यसपटकको एनएसएलमा एउटा टोलीले ६ विदेशी खेलाडी राख्न पाउनेछ । त्यसमा ५ जना प्लेइङबाट खेल्न पाउनेछन् । दुई वर्षअघि भएको पहिलो संस्करणमा काठमाडौंले धनगढीलाई पराजित गरी उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...