भारतले साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक
भारतले साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक

— भारतले साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ । भारतले शनिबार दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० ले पराजित गर्दै लगातार तेस्रो पटक दक्षिण एसियाली उमेर समूहको यो प्रतियोगिता जितेको हो ।

नेपालले सन् २०१५ र २०१७ मा गरी यो प्रतियोगिताको पहिलो दुई संस्करण जितेको थियो । त्यसयता भारतको वर्चस्व छ । भारतले २०१९, २०२२ र यसपालिसहित लगातार तेस्रो पटक ट्रफी जितेको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा निलम्बन फुकुवा भएर आएको पाकिस्तानले पहिलो हाफमा दरो चुनौती तेर्स्याए पनि भारतले दोस्रो हाफमा अनुभवी खेल खेल्दै उपाधि जितलाई निरन्तरता दिएको थियो ।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मंगलेथान किपगेनले खेलको नक्सा परिवर्तन गरिदिएका थिए । उनले २५ यार्ड टाढाबाट गरेको दर्शनीय प्रहारले पाकिस्तानका गोलरक्षक साहिल गुललाई कुनै मौका दिएको थिएन ।

किपगेनले नै ८५ औं मिनेटमा गरेको फ्रिकिक प्रहार पाकिस्तानी गोलरक्षकलाई जिल्याउँदै गोल भएको थियो । इन्ज्युरी टाइमको पाँचौं मिनेटमा किपगेनको क्रसमा गौतमसार गोरारीले हेडमा गोल गर्दै भारतलाई विजय बनाए । त्यसको अर्को मिनेटमा अली जाफरले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि पाकिस्तान १० खेलाडीमा सीमित भएको थियो ।

किपगेनले प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार पाए । भारतकै लायोनेल डारिल रिमेइ उत्कृष्ट गोलरक्षकमा चुनिए । नेपालका समिर तामाङ र भुटानका जिग्मे नामग्याल प्रतियोगिताको उच्च स्कोर बने । दुवैले समान ३–३ गोल गरेका थिए । भुटानलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो ।

भारतले सेमिफाइनलमा नेपाल र पाकिस्तानले भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भए पनि माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...