— जोएल माटिपले इन्जुरी समयमा गरेको आत्मघाती गोलको मद्दतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार नौ खेलाडीमा सीमित लिभरपुललाई २–१ ले हराएको छ । कर्टिस जोन्स र डिएगो जोटाले विवादास्पद ढंगले रातो कार्ड खाएपछि लिभरपुल नौ खेलाडीमा सीमित भएको थियो ।
टोटनहमले कप्तान सन ह्वेङ–मिनको गोलले अग्रता लिएयता कोडी गाक्पोले बराबरी गोल फर्काए । यो जितपछि टोटनहमको सात खेलबाट १७ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ । म्यानचेस्टर सिटी भने १८ अंकमा शीर्ष स्थानमा छ । त्यस अगाडि सिटी उल्भ्ससँग २–१ ले पराजित भएको थियो ।
अन्य खेलमा वेस्ट ह्यामले सेफिल्ड युनाइटेडलाई २–०, न्युकासल युनाइटेडले बर्नलीलाई २–०, क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई १–०, लुटन टाउनले एभरटनलाई २–१ तथा आर्सनलले बर्नमाउथलाई ४–० ले हराएको थियो ।