मुख्य समाचार
वन्यजन्तुका साथै सवारीसाधन दुर्घटना कम गराउन टाइमकार्ड
वन्यजन्तुका साथै सवारीसाधन दुर्घटना कम गराउन टाइमकार्ड

— बाँके राष्ट्रिय निकुन्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा वन्यजन्तुका साथै सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाईमकार्ड लागू गरिएको छ । निकुञ्ज क्षेत्रभित्र सवारीसाधन दुर्घटना हुनुका साथै सवारीसाधनबाट वन्यजन्तु समेत जोखिममा परेपछि टाईमकार्डको व्यवस्था गरिएको हो ।


निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले बाँकेको राप्तीसोनारी गाउँपालिका ८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइमकार्ड लागू गरिएको बताए । उनका अनुसार निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटरको दुरीमा टाइमकार्ड लागू गरिएको छ ।

निकुञ्ज क्षेत्रमा सवारीसाधान र वन्यजन्तु पनि सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानीय, नागरिक समाज, व्यवसायीलगायत सम्बन्धित पक्षले टाइमकार्ड लागू गर्न सुझाव दिएका थिए । सोहीअनुसार टाइमकार्ड लागू गरिएको हो ।

सो निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ । विसं २०६७ सालमा बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले घोषणा गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किलोमिटर फैलिएको छ । नेपालको दशौं राष्ट्रिय निकुञ्जको रुपमा यसलाई घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल ल्याइएको थियो । परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा ...
— बडादसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई ...
— सुनसरीको कोसी गाउँपालिका- ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोसी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको ...
— राष्ट्रियय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् । अंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापपिका संघ(आइपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परिक्षण हुँदै आएको बताए । नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ...
— चालक रामलाल रानालाई रातिको समयमा अटोरिक्सा चलाउन निकै डर लाग्छ । उनी सकभर साँझ नहुँदै घर पुगिसक्छन् । महेन्द्रनगर बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको डरले राति निस्किनु परिहाले निकै सावधानीका साथ हिँड्छन् । ‘कहाँनिर कतिबेला गाईगोरुसँग ठोक्किने हो ? थाहै हुँदैन,’ रानाले भने, ‘बजार र राजमार्गमा जताततै छाडा चौपायाको हुल हुन्छ ।’ ...