मुख्य समाचार
१८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
१८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

— नेपाल राष्ट्र बैंकले करिब १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका १८ अर्ब ५ करोड रुपैयाँ बराबरका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो ।

जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ७ अर्ब ७५ करोड रुपैयाँको र ५ अर्ब ३० करोड रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज (भदौ १५, सामेबार) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

पछिल्लो पटकको बोलकबोलमा ५.३९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ५.५९ प्रतिशत र सबैभन्दा कम २.९९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । अहिले राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ, भने केहीको पुनः बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको छ । गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७.१२ प्रतिशतले बढेको हो  । कित्ताकाटसमेत अघिल्लो असोजको तुलनामा ८१.९७ प्रतिशत प्रतिशतले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता घरजग्गा कारोबार, कित्ताकाट सुस्ताएको ...
: मुस्ताङबाट दसैंलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्यांग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लामा च्यांग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्यांग्रा निकासी भएको जानकारी दिए। 'जोमसोमको नाकाबाट पाँच हजार ७५५ ...
— चाडबाडसँगै बजारमा चहलपहल बढेको छ । मुख्य व्यापारिक केन्द्र मानिने न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा खुट्टा टेक्ने ठाउँ छैन । तर यही बेला खाद्यवस्तु मात्रै नभई लत्ताकपडा, जुत्ता, विलासिताका सामानको भाउ पनि छोइनसक्नुभएको छ । बजारमा भीड बढे पनि बजार भने सुस्त छ । सामान बिक्री नभएको व्यवसायी बताउँछन् । सर्वसाधारण सपिङ मल एवं महँगा पसलमा ...
— चालु वर्षको असोजमा मात्रै ४० नयाँ उद्योगमा १ अर्ब ९८ करोड ७३ हजार विदेशी लगानी प्रतिबद्धता आएको छ । असोजमै पुराना उद्योग सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) मा ४६ करोड ८८ लाख प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा कुल १५१ वटा नयाँ उद्योगमा १६ अर्ब ...
एप्पलको लोकप्रिय उत्पादनको रुपमा रहेको आइफोन संसारमा सबैभन्दा धेरै माग हुने स्मार्टफोन मध्येको एक हो । हरेक वर्ष जब नयाँ संस्करणको आइफोन सार्वजनिक हुन्छ तब मानिसहरू यो फोन खरिद गर्नका लागि लालायित हुन्छन् । यो वर्ष गत सेप्टेम्बर १२ मा आइफोन १५ सिरिज लञ्च भयो भने त्यसको एक हप्तापछि अर्थात् सेप्टेम्बर २२ देखि फोनको बिक्री सुरु भयो ...