मुख्य समाचार
लागूऔषध र हतियारसहित बाग्लुङमा ४ जना पक्राउ
लागूऔषध र हतियारसहित बाग्लुङमा ४ जना पक्राउ

— लागूऔषध कसुरमा यहाँका ३ जना र हातहतियार तथा खरखजाना कसुरमा एक जनासहित एकै दिन चार जना पक्राउ परेका छन् ।

प्रहरीले खोजी अभियान चलाइरहेको बेला बागलुङ नगरपालिका ५ घर भइ वडा नं ४ मा डेरा लिइ बसेका २७ वर्षीय पूर्ण कुँवर, पर्वतको जलजला गाउँपालिका वडा नं. ९ घर भएका २८ वर्षीय विश्व गर्बुजा मगर र भारतको सिक्किम घर बताउने ५१ वर्षीय भीमबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजापाम ५३ एम्पुल, ब्रुप्रेनोफाइन ५३ एम्पुल र फेनरगन ५३ एम्पुल गरी १ सय ५९ एम्पुल लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । उनीहरु बस्ने कोठाको खाटमुनी लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध भेटिएको थियो ।

उनीहरुलाई बागलुङ जिल्ला अदालतबाट आइतबार ६ दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको छ । त्यस्तै, निसीखोला गाउँपालिका–६ को ६० वर्षीय दुलमनी बुढालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । उनको घरबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको हो । बुढालाई पनि अदालतबाट आइतबारै ६ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल ल्याइएको थियो । परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा ...
— बडादसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई ...
— सुनसरीको कोसी गाउँपालिका- ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोसी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको ...
— राष्ट्रियय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् । अंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापपिका संघ(आइपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परिक्षण हुँदै आएको बताए । नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ...
— चालक रामलाल रानालाई रातिको समयमा अटोरिक्सा चलाउन निकै डर लाग्छ । उनी सकभर साँझ नहुँदै घर पुगिसक्छन् । महेन्द्रनगर बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको डरले राति निस्किनु परिहाले निकै सावधानीका साथ हिँड्छन् । ‘कहाँनिर कतिबेला गाईगोरुसँग ठोक्किने हो ? थाहै हुँदैन,’ रानाले भने, ‘बजार र राजमार्गमा जताततै छाडा चौपायाको हुल हुन्छ ।’ ...