मुख्य समाचार
पाटनको हाथद्यो न्यूयोर्कमा फेला
पाटनको हाथद्यो न्यूयोर्कमा फेला

— पाटनको हौगल टोलस्थित एक गुठीघरबाट चोरिएको पुरातात्विक भैरव मास्क(हाथद्यो) अमेरिकाको न्यूयोर्कमा फेला परेको छ ।

हराएका/चोरिएका सम्पदाको खोज तथा घरफिर्ती अभियानमा जोडिएको ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, न्यूयोर्कस्थित अन्तरार्ष्ट्रिय कला–सम्पदा लिलाम गृह बनह्याम्ज केन्द्रमा हाथद्यो फेला परेको हो । यो सत्रौं शताब्दीको सम्पदा २०१७ मैं बिक्री भएर न्यूयोर्क पुगेको पाइएको छ । फ्रेन्च अध्येता जेरार्ड टोफिनले सन् १९८६ को इन्द्रजात्रा उत्सवका बेला लिएको तस्बिरका आधारमा यो हाथद्योको उत्पत्ति थलोको प्रामाणिकता पहिचान गरिएको हो । यो सम्पदा गुठीघरबाट कहिले चोरिएको थियो भन्ने खुलाइएको छैन ।

यस्तै, सन् ८० को दशकमा चोरिएको मानिने काठमाडौं ओमबहाल टोलको बोधिसत्व पद्यमपाणी र सुखवती लोकेश्वरको प्रतिमा अमेरिकाको बोस्टनस्थित एक लिलाम गृहमा पाइएको छ । २००९ अप्रिल २४ मा बोस्टनस्थित स्किनर कलेक्सन (हाल बनह्याम्ज) मा यी सम्पदा बिक्री भएको पाइएको छ । यो सम्पदाको मुल तस्बिर भने सम्पदा अभियन्ता यादवलाल कायस्थले उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल ल्याइएको थियो । परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा ...
— बडादसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई ...
— सुनसरीको कोसी गाउँपालिका- ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोसी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको ...
— राष्ट्रियय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् । अंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापपिका संघ(आइपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परिक्षण हुँदै आएको बताए । नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ...
— चालक रामलाल रानालाई रातिको समयमा अटोरिक्सा चलाउन निकै डर लाग्छ । उनी सकभर साँझ नहुँदै घर पुगिसक्छन् । महेन्द्रनगर बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको डरले राति निस्किनु परिहाले निकै सावधानीका साथ हिँड्छन् । ‘कहाँनिर कतिबेला गाईगोरुसँग ठोक्किने हो ? थाहै हुँदैन,’ रानाले भने, ‘बजार र राजमार्गमा जताततै छाडा चौपायाको हुल हुन्छ ।’ ...