कबड्डीमा पदकको आशा
कबड्डीमा पदकको आशा

: चीनको हाङचओमा जारी १९औं एसियाली खेलकुदको १०औं दिन नेपालले कबड्डीमा पदकको आशा जगाएको छ। सोमबार भएको महिला कबड्डीमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै नेपालको पदक जित्ने सम्भावना बलियो बनेको हो।


सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बंगलादेश समूह ‘बी’मा छन्। यस्तै समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेई र थाइल्यान्ड छन्।

अन्तिम चारमा पराजित हुने दुवै टोलीले पदक पाउने ब्यवस्था रहेकाले नेपालले कम्तीमा कांस्य पदक पक्का गर्ने विश्वास गरिएको छ। लगातार स्वर्ण जित्ने अभियानमा रहेको इरान समूहमा बलियो टोली भएकाले बंगलादेशलाई पराजित गरेमा नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा सोमबार भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३७–२४ ले पराजित गरेको हो। पहिलो हाफमा २१–१६ को अग्रता लिएको नेपालले दोस्रो हाफमा १६–८ ले एकपक्षीय जित निकालेको थियो। नेपालले समूहको अर्को खेल मंगलबार इरानसँग खेल्नेछ।

बंगलादेशलाई पराजित गर्नासाथ नेपाली खेलाडीले कोर्टमै खुसीयाली मनाएका थिए। उनीहरूले राष्ट्रिय झन्डा बोकेर कोर्टको चारैतिर घुमेका थिए। सन् २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३६–२५ ले पराजित गरेको थियो। नेपालले उक्त संस्करणमा फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा सीमित बनेको थियो।

मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले हाङचाओ आउनुअघि भारतमा एक महिना बैदेशिक प्रशिक्षण गरेको थियो। नेपाली टोलीमा अनुजा राई, जयन्ती बडु, गंगा घिमिरे, रबिना चौधरी, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नीतु गुरुङ र मनमति विष्ट छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...