मुख्य समाचार
शारदाले उचालिन् १५८ केजी, सोमबहादुर ११ औं स्थानमा
शारदाले उचालिन् १५८ केजी, सोमबहादुर ११ औं स्थानमा

— १९औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी शारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी कुल १५८ केजी उचालेकी छन् ।

आफ्नो समूहमा शारदा पाँचौं स्थानमा रहिन् । स्न्याचमा शारदाले पहिलो लिफ्टमा ७० केजी र तेस्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरे पनि सफल भइनन् । उनले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । शारदाले क्लिन एन्ड जर्ककै दोस्रो र तेस्रो लिफ्टमा ९४–९४ केजीको प्रयास सफल भएन ।

भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेकी थिइन् । पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले खेल्ने बाँकी छ ।

एथलेटिक्स

एथलेटिक्सको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल १ मिनेट ५०.३८ सेकेन्ड निकाल्दै टाइमिङ सुधार गरेका छन् । हाङचउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा समग्रमा भने २० खेलाडीमध्ये सोम ११ औं स्थानमा रहे । आफ्नो तेस्रो हिटमा भने उनी चौथो स्थानमा थिए । जहाँ नेपालसहित ७ राष्ट्रका खेलाडी थिए । यस इभेन्टको राष्ट्रिय कीर्तिमान सोमकै नाममा छ । १ मिनेट ५०.२५ सेकेन्डको कीर्तिमान उनले जकार्ता एसियाडमा राखेका थिए । १३ औं सागका कांस्य विजेता सोमले यसअघि ४ सय मिटर दौडबाट प्रतिस्पर्धा गरेका थिए ।




भलिबल

महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । हाङचउ नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजियममा १ घण्टा १२ मिनेट चलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४, २५–११ ले हरायो । समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसाग २५–४, २५–१६ र २५–१३ को सीधा सेटमा हारेको थियो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

ब्याडमिन्टन

ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो । बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङसल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गरे । मिक्स डबल्समै सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीले नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१–४ र २१–३ को सहज जित दर्ता गरे ।

पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निवल अहमद र अजफान मोहम्मद रसिदको जोडीलाई २१–१७, २१–१८ ले हराए । सोही स्पर्धामा थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीले नेपालका प्रिन्स दाहाल र सुनील जोशीको जोडीलाई २१–८ र २१–५ ले पन्छाए ।

पुरुष सिंगल्समा जापानका केन्टा निसीमोटोले नेपालका प्रिन्स दाहाललाई २१–१२ र २१–७ तथा थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनिल जोशीलाई २१–७ र २१–९ को सोझो सेटमा पाखा लगाए ।

ट्रायथलन

ट्रायथलनको मिक्स रिलेमा नेपाल ११ औं भएको छ । १२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११ औं स्थान रहेको हो । नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, वसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए । मंगोलिया अन्तिममा रह्यो ।

आर्चरी

आर्चरीको पुरुष व्यक्तिगत कम्पाउन्डको इलिमिनेसन राउन्डमा नेपालका योगेन्द्र शेरचन इराकका मोहमम्द इब्राहिम इसक अल दाघमनसँग १४०–१३५ ले पराजित भए । सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितीले नेपालकी इमायुङ राईलाई १४९–१३७ ले हराइन् ।

पुरुष व्यक्तिगत रिकर्भको इलिमिनेसनमा नेपालका तिलक पुनले मिश्रित प्रदर्शन गरे । तिलक राउन्ड अफ १६ मा दक्षिण कोरियाका जिन्येक ओहसंग ६–० ले पछि परे । त्यसअघि राउन्ड अफ ३२ मा तिलकले म्यान्मारका जाउ तेतलाई ७–१ ले हराएका थिए । उक्त स्पर्धाको महिलामा बंगलादेशकी दिया सिद्धिकीले नेपालकी मन्जु बजगाईंलाई ६–० ले पाखा लगाइन् ।

स्क्वास

स्क्वासको महिला सिंगल्समा नेपालकी पिवना ब्लोन जापानसंग ३–० ले पराजित भएकी छन् । जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन् । अघिल्लो दिन पहिलो चरणमा विपनाले थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मिक्स डबल्स समूह ‘सी’ को दुवै खेलमा नेपाल पराजित भयो । नेपालका अमिर ब्लोन र स्वस्थानी श्रेष्ठको जोडी मलेसिया र थाइल्यान्डसँग क्रमशः २–० र २–१ को सेटमा पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...