— झूटो सम्पत्ति विवरण मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित भएका छन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्ने अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।
यो मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प संगठनको घरजग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन् । न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले यो मामिलामा २५ करोड अमेरिकी डलर जरिवाना गराउन खोजेकी छन् ।