मुख्य समाचार
भारतसँग हारेपछि नेपालको चुनौती समाप्त
भारतसँग हारेपछि नेपालको चुनौती समाप्त

— नेपालको १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा चुनौती मंगलबार समाप्त भएको छ । भारतविरुद्धको खेल २३ रनले गुमाएपछि नेपालको यात्रा क्वाटरफाइनलमै रोकिएको हो । स्वर्ण पदकको बलियो प्रत्यासी भारत भने यस जितपछि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।

नेपालले भारतविरुद्ध बलियो चुनौती पेस गरे पनि त्यो जितका लागि पर्याप्त रहेन । जितका लागि २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । उनले १५ बलको सामना गरेर चार चौका प्रहार गरे ।

यस्तै कुशल मल्लले २९ रन बनाए । उनले २२ बलमा दुई दुई चौका र छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाए । भारतीय बलरमध्ये रवि विश्नोइ २४ रन खर्चेर तीन विकेट हात पारे ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा चार विकेट गुमाएर २ सय २ रन बनाएको थियो । त्यसमा ओपनर यशस्वी जयसवालले ४९ बलमा सय रन बनाए । त्यस्तै कप्तान ऋतुराज गायक्वाड र शिभम दुवेले समान २५ रन बनाए । अन्त्यतिर नटआउट रिन्कु सिंहले १५ बलमा ३७ रन थपे ।

नेपाली बलरमध्ये दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । यसका लागि उनले चार ओभरमा ३१ रन खर्चेर । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट हात पारे । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल भएको यो पहिलोपटक हो । त्यस अगाडि एसियाकपमा क्रममा नेपाल र भारत वान डे क्रिकेटमा भिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...