दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा दिल्ली प्रहरीको छापा
दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा दिल्ली प्रहरीको छापा

— समाचार वेबसाइट न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा मंगलबार बिहान दिल्ली प्रहरीले छापा मारेको छ । प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा लिएको छ ।
मिडिया रिपोर्टका अनुसार दर्जनौं पत्रकारको घर र कार्यालयहरूमा प्रहरीले छापा मारेको हो ।

न्युजक्लिकमा कार्यरत पत्रकारहरू प्रवीर पुरकायस्थ, सञ्जय राजौरा, उर्मिलेश, भाषा सिंह, औनिंद्यो चक्रवर्ती, अभिसार शर्मा र सोहेल हासमीलगायतको घरमा प्रहरीले छापामा मारेको हो । प्रहरीले छापा मार्नुको कारण बताइसकेको छैन ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारको आलोचनामा समाचारहरू प्रकाशन र प्रसारण गर्ने संस्थाका रुपमा उक्त वेबसाइट चिनिँदै आएको छ । यसअघि नै सरकारले उक्त वेबसाइटमाथि चिनियाँ प्रोपोगान्डा फैलाउने उद्देश्यले लगानी भित्र्याएको आरोप लगाइसकेको छ । केही समयअघि केन्द्रीय मन्त्री अनुराग ठाकुरले एक मिसनअन्तर्गत भारतको दुष्प्रचार भइरहेको बताएका थिए । उनले त्यसमा न्युजक्लिकमाथि पनि त्यस्तो आशय प्रकट गरेका थिए । उनले न्युजक्लिक भारतविरुद्ध प्रचार गर्ने संस्था रहेको उल्लेख गरेका थिए ।

प्रेस क्लब अफ इन्डियाले न्युजक्लिकसँग जोडिएका पत्रकार र अन्य व्यक्तिको घरमा छापा मार्नुलाई चिन्ताजनक भनेको छ । क्लबले समाजिक सञ्जाल एक्समार्फत क्लब पत्रकारहरूको साथमा रहेको जनाएको छ । घटनाप्रति नजर राखिएको र यसबारे थप जानकारी दिन सरकारसँग क्लबले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...