मुख्य समाचार
प्रकाशको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
प्रकाशको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

— 'सुक्ष्म समय' पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।

मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले अमेरिकी वैज्ञानिक पिएरे अगस्टिनी, जर्मन वैज्ञानिक फेरेन्ट्स क्राउस र स्विडिस वैज्ञानिक एन ल'हुलिएलाई यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

नोबेल पुरस्कार कमिटीका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रायोगिक प्रक्रिया पत्ता लगाएबापत उनीहरूलाई पुरस्कार विजेता घोषणा गरिएको हो । अटोफिजिक्स (प्रकाश/लेजर पल्स र पदार्थको छोटो समय: १/१०००,०००,०००,०००,०००,००० सेकेन्डको अन्तरक्रियाको अध्ययन) मा योगदान गर्नेलाई एकेडेमीले पुरस्कार दिन लागेको हो । १ एटोसेकेन्ड भनेको एक सेकन्डको १०००,०००,०००,०००,०००,००० औँ भाग भाग हो। भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ ।

गत वर्ष 'क्वान्टम मेकानिक्स'बारे अनुसन्धान गर्ने ३ जना वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । गत वर्ष वैज्ञानिकहरू अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिंगरले संयुक्त रूपमा पुरस्कार पाएका हुन् । भौतिकशास्त्रतर्फ पहिलो नोबेल पुरस्कार भने सन् १९०१ मा जर्मन भौतिकशास्त्री विल्हेम रोन्टजेनलाई दिइएको थियो । उनले सन् १८९५ मा एक्स-रे पत्ता लगाएका थिए । उनको सम्मानमा परमाणु संख्या १११ भएको तत्वको नाम रेन्टगेनियमसमेत राखिएको छ ।

यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार भने कोरोना भाइरसविरुद्ध एमआरएनए खोप विकासमा काम गर्ने अमेरिकी वैज्ञानिकद्वय क्याटलिन कारिको र ड्रु वाइसमानलाई सोमबार दिइएको थियो ।

यस वर्ष रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...