। एसियाली खेलकुदको क्रिकेटमा हङकङविरुद्धको खेलमा १२.३ ओभरमा पाकिस्तान ६ विकेट गुमाएर ७३ रनको स्थितिमा थियो ।
तर पुछारका ब्याटरहरुले विस्फोटक ब्याटिङ गरेपछि पाकिस्तानले २० ओभरमा सबै १० विकेट गुमाएर १६० रन बनायो ।
उसका लागि अमिर जमालले १६ बलमा ४१ रन बनाए । यस्तै आसिफ अली र अराफाद मिनहासले समान २५ रन बनाए ।
पाकिस्तानलाई अलआउट गर्ने क्रममा हङकङका आयुष शुक्लले ४ तथा मोहमद गान्जान्फरले ३ विकेट लिए ।
१६१ रनको लक्ष्य पछ्याएको हङकङका ब्याटरलाई पाकिस्तानी स्पिनरले खुलेर खुल्न दिएनन् र हङकङ ६८ रनले पराजित भयो । हङकङका बाबर हायतले २९ रन बनाए ।
हङकङमाथिको जितसँगै पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।