मुख्य समाचार
सन्नी देओललाई लिएर आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्ने
सन्नी देओललाई लिएर आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्ने

। बलिउड अभिनेता आमिर खानले नयाँ फिल्मका लागि अर्का अभिनेता सन्नी देओलसँग हात मिलाएका छन् । जसअनुसार अब आमिरले सन्नी देओल स्टारर फिल्म ‘लाहोर १९४७’ निर्माण गर्नेछन् ।

यो फिल्मलाई ९० को दशकका चर्चित निर्देशक राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् । आमिर खान प्रोडक्सनले मंगलबार अक्टोबर ३ मा फिल्मको घोषणा गरेको हो ।

बलिउडमा सन्नी र राजकुमार सन्तोषीको मित्रतालाई खास मानिन्छ । सन्तोषीले सन्नीलाई घायल, घटक र दामिनी जस्ता सुपरहिट फिल्ममा निर्देशन गरेका छन् । यी तीन फिल्ममा सन्नीको भूमिका निकै रुचाइएको थियो ।

फिल्मको घोषणा गर्दै आमिर खान प्रोडक्सनले भनेको छ, ‘म, सन्नी देओल र राजकुमार सन्तोषीले फिल्म लाहोर, १९४७ को लागि हात मिलाएको घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ । मलाई आशा छ, यो यात्रा अद्भूत छ । हामीलाई तपाईंको प्रार्थना चाहिन्छ ।’

फिल्मको बजेट करिब १०० करोड भारु बताइएको छ । जसको अधिकांश हिस्सा सन्नी देओलको पारिश्रमिक हुन सक्छ । ‘गदर २’ को ब्लकबस्टर सफलतापछि सनी देओलको बजार मूल्य निकै बढेको छ । अहिले उनले एउटा फिल्मका लागि ४० देखि ५० करोड रुपैयाँ भारु पारिश्रमिक लिने गरेको खबर छ ।

यो फिल्ममा धेरैपछि सन्नी र सन्तोषीले सहकार्य गर्दैछन् । यी दुईको पछिल्लो फिल्म ‘घातक’ थियो । सन्नी देओल र राजकुमार सन्तोषी धेरै वर्षपछि सँगै आउँदैछन् । घटकपछि दुवैले सँगै कुनै फिल्म गरेनन् । फिल्म ‘भगत सिंह’लाई लिएर दुवैबीच विवाद भयो र त्यसपछि दुवैले सँगै काम गरेनन् ।

राजकुमार सन्तोषीको निर्देशनमा सन्नीले दुईवटा राष्ट्रिय अवार्ड जिते । ‘घायल’को लागि पहिलो र ‘दामिनी’को लागि दोस्रो । यी दुई बलिउड फिल्म उद्योगको सबैभन्दा सफल अभिनेता-निर्देशक जोडीमध्ये एक हुन् ।

यो फिल्मसँगै आमिर खान र राजकुमार सन्तोषी पनि धेरै वर्षपछि सँगै फर्किएका छन् । दुवैले सन् १९९४ मा आएको फिल्म ‘अन्दाज अपना–अपना’मा काम गरेका थिए । राजकुमार सन्तोषी निर्देशित यस फिल्ममा आमिरसहित सलमान पनि मुख्य भूमिकामा थिए । केही समयदेखि ‘अन्दाज अपना अपना’को सिक्वेलको चर्चा चलिरहेको छ ।

एक समय थियो, जब आमिर र सन्नी देओलका फिल्म बक्स अफिसमा भिड्ने गर्थे । सन् २००१ मा ‘गदर’ र ‘लगान’को भिडन्तलाई कसले पो बिर्सन सक्छ ? दुवै फिल्मलाई निकै रुचाइएको थियो । तर कमाइको मामिलामा सन्नी देओलको ‘गदर’ निकै अगाडि थियो ।

हालै ‘गदर २’ को सक्सेस पार्टी आयोजना गर्दा आमिर पनि त्यहाँ पुगेका थिए । सन्नीले आमिरलाई न्यानो स्वागत गरे । आमिर र सन्नी एकसाथ आउने खबर रोचक छ किनकि एक समय यी दुईबीच प्रतिस्पर्धा थियो । ९० को दशकमा आमिरको फिल्म ‘दिल’ र सन्नी देओलको ‘घायल’ एकै दिन रिलिज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...