भारतसित हारेपछि रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं
भारतसित हारेपछि रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं

। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको बताएका छन् ।

एसियाडको क्रिकेटमा भारतसँग २३ रनले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक देसाईले नेपालले १०-१५ रन बढी दिएको बताए । ‘हामीले १०-१५ रन बढी दियौं । फिल्डिङ अलिक राम्रो गरेको भए के थाहा हामीले १९०-१९५ रन चेज गर्न सक्थ्यौं कि?’ खेलपछि मोन्टीले पत्रकारसँग भने ।

भारतले सानदार सुरुवात गरेपनि १० देखि १५औं ओभरसम्म नेपालले कसिलो बलिङ गरेको थियो । त्यो ५ ओभरमा नेपालले ३४ रन मात्र दिएको थियो । १५ ओभरमा १३८ रन बनाएको भारतले अन्तिम ५ ओभरमा भने ६४ रन जोड्यो ।

त्यसमा नेपाली बलरहरुमाथि भारतका रिंकु सिंह र शिवम दुवे हावी भए ।

भारतीय टिममा आईपीएल खेलेका खेलाडीहरु रहेकोले त्यति रन बन्नु स्वभाविक भएको प्रशिक्षक मोन्टीले बताए ।

‘हामीले अझ राम्रो गर्न सक्थ्यौं । टी२० खेल हो जे पनि हुन सक्छ । १५ रन जति बढी भयो’, कप्तान रोहितले भने । रोहितले पनि फिल्डिङमा नेपालले आफ्नो स्तर अनुसार खेल्न नसकेको बताए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनर यशस्वी जैसवालको शतक मदतमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । इनिङ्सको अन्तिमतिर रिंकु सिंह रु शिवम दुवेले उत्कृष्ट ब्याटिङ गर्दा भारतले २०० रनको आँकडा पार गरेको थियो ।

टी-२० आईको शीर्ष वरीयतामा रहेको भारतविरुद्ध २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २९ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि भने नियमित अन्तरालमा विकेट गुमाउँदा ब्याटिङमा एकरुपता हुन सकेन ।

नेपालका लागि सन्दिप जोरा र दीपेन्द्र सिंह ऐरीले पाँचौ विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।

जोरा र दीपेन्द्र क्रिजमा हुँदा सम्म जित्नेमा आशावादी भएपनि उनीहरुको विकेट जानु नै टर्निङ प्वाइन्ट भएको कप्तान रोहित पौडेलले बताए । ‘जोरा र दीप्पी दाइ हुँदा सम्म हामीलाई डगआउटमा पनि आश थियो कि हामी चेस गर्न सक्छौं ।’

१२२-४ को अवस्थामा रहेको नेपाल दीपेन्द्र १५औं र सन्दिप १६औं ओभरमा लगातार आउट भएपछि १५.४ ओभरमा ६ विकेट गुमाएर १४० रनको अवस्थामा पुग्‍यो । त्यसपछि पनि नेपालले लगातार जस्तो विकेट गुमायो ।

नेपालका लागि दीपेन्द्रले सर्वाधिक ३२ रन बनाउँदा कुशल मल्ल र सन्दिप जोराले समान २९ तथा कुशल भुर्तेलले २८ रन बनाए । करण केसीले नटआउट १८ रन जोडे ।

भारतका अनुभवी बलरहरु रवि बिश्नोई र आभेष खानले ३-३ तथा अर्शदिप सिंहले २ विकेट लिए । यसै खेलबाट टी२०आईमा डेब्यु गरेका साई किशोरले १ विकेट लिए ।

भारत विरुद्ध नेपालका लागि दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरे । बलिङमा नेपालबाट सर्वधिक २ विकेट लिएका उनी नेपालका लागि सर्वाधिक रन बनाउनेमा समेत अगाडि रहे ।

प्रशिक्षक मोन्टी र कप्तान रोहिले दीपेन्द्रको तारिफ गर्दै टी-२० विश्वकप क्वालिफायरअघि लयमा आउनु नेपालको लागि सकरात्मक रहेको बताए । ‘उ (दीपेन्द्र) टी-२० स्पेशलिस्ट हो,’ मोन्टीले सटिक जवाफ दिए ।

‘क्वालिफायरअघि दीप्पी दाइ लयमा आउनु नेपालको लागि धेरै सकरात्मक हो’, कप्तान रोहितले भने ।

प्रशिक्षक मोन्टीले एसियाडको यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको र गर्व लागेको बताए । ‘हामी यो यात्राबाट प्राउड छौं, हामीले इनभेस्ट गरेका छौं,’ उनले भने ।

रोहित शर्माको कप्तानीमा रहेको भारतको सिनियर टोली वान डे विश्वकप खेल्ने तयारीमा रहेकोले भारतले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई एसियाडमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...