। अमेरिकी लिग फुटबल एमएसएलमा इन्टर मियामीविरुद्धको खेल हेर्न आउने दर्शकलाई शिकागो फायरले आर्थिक प्रोत्साहन दिने भएको छ ।
शिकागो फायरले मियामीविरुद्धको खेल हेर्न स्टेडियम आउने हरेक समर्थकलाई २५० डलर प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरेको हो ।
शिकागोले २०२४ को नयाँ सदस्यता लिनेलाई २५० डलर र एक खेल हेर्न आउनेलाई ५० डलर प्रदान गर्ने छ ।
नेपाली समय अनुसार मियामी र शिकागोबीचको खेल बिहीबार बिहान सवा ६ बजे सुरु हुने छ ।
मियामीका स्टार खेलाडी लियोनेल मेसी भने चोटका कारण यो खेल खेल्न सक्नेमा शंका छन् । सात पटकका बालोन डीओर विजेता मेसीले चोटकै कारण यसअघि मियामीका ३ खेल गुमाएका छन् ।
शिकागो फायरले ६१ हजारभन्दा बढी टिकट बेचिसकेको छ । जुन अहिलेसम्मकै उच्च हो । शिकागोको घरेलु मैदानमा सन् १९९८ मा एलए ग्यालेक्सीविरुद्धको खेलमा सबैभन्दा धेरै ३७ हजार १२२ दर्शक उपस्थिति थिए ।
फायरले भनेको छ, ‘हामीलाई थाहा छ , कतिजना पहिलो पटक शिकागाको खेल हेर्न आउँदै छन्, होला उनीहरुलाई हामी फायर परिवारमा स्वागत गर्न चाहन्छौं र उनीहरुलाई दीर्घकालीनरुपमा हामीसँग जोडिइरहने अवसर दिन हामी उत्साहित छौं ।’