भारतको एक सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु, औषधि अभाव भएको आरोप
भारतको एक सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु, औषधि अभाव भएको आरोप

: भारतको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा २४ घण्टाको अवधिमा १२ नवजात शिशुसहित २४ जनाको मृत्यु भएको छ। एकै यति ठूलो संख्यामा बिरामीको मृत्यु भएपछि अस्पतालप्रति स्थानीयले आशंका व्यक्त गरेका छन्।


असोज १३ देखि १४ गते दिउँसो १२ बजेको अवधिमा उपचार गराइरहेका २४ जनाको मृत्यु भएको हो। मृतकका आफन्तले औषधि अभावमा बिरामीको मृत्यु भएको आरोप लगाएका छन्।

तर,अस्पतालले भने औषधि अभावमा नभइ उपचारकै क्रममा बिरामीको मृत्यु भएको दावी गरेको छ। डा.शंकरराव चव्हाण सरकारी मेडिकल कलेज तथा अस्पतालका डीन डा.एसआर वाकोडेले औषधि अभावमा नभइ उपचारकै क्रममा बिरामीहरूको निधन भएको बताएका छन्।

उनका अनुसार अस्पतालको शिशु विभागमा भर्ना भएका १४२ शिशुमध्ये ४२ को अवस्था चिन्ताजनक थियो। उनीहरूको तौल पनि निकै कम थियो। उपचारकै क्रममा उनीहरूको निधन भएको हो।

बिरामी शिशुहरूलाई स्थानीय निजी अस्पतालबाट त्यहाँ रिफर गरिएको बताइएको छ। एकैपटक यति ठूलो संख्यामा बिरामीको मृत्यु भएपछि विरोध हुन थालेको छ। कांग्रेस नेता राहुज गान्धीले भाजपा सरकारका कारण बिरामीले औषधि नपाएर मृत्यवरण गर्नुपरेको आरोप लगाएका छन्।

उनले भनेका छन्, भाजपा सरकारले आफ्नो अभियानमा हजारौं करोड रुपैयाँ खर्च गर्छ तर, बच्चाहरुका लागि औषधिका लागि पैसा दिन सक्दैन।'

एनसीपी नेता शरद पवारले सरकारी तन्त्र नै फेल भएको जिकिर गरेका छन्। उनले यस दु:खद घटनाको गम्भीरतालाई ध्यानमा राखी प्रदेश सरकारले यस्ता घटना दोहोरिन नदिन र बिरामीको ज्यान जोगाउन ठोस कदम चाल्नुपर्ने बताएका छन्।

यसैगरी कांग्रेस महासचिव प्रियंका गान्धीले बिरामीको उपचारमा लापरवाही गर्नेमाथि कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...