मुख्य समाचार
महिला कबड्डीमा नेपाललाई कास्य पदक पक्का
महिला कबड्डीमा नेपाललाई कास्य पदक पक्का

: १९औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक पक्का गरेको छ। बुधबार समूह ‘बी’को अन्तिम लिग खेलमा इरानले बंगलादेशलाई हराएसँगै नेपालले कास्य पदक पक्का गरेको हो।


एसियाडमा नेपालले हालसम्म एउटा पनि पदक जित्न सकेको छैन। समूह ‘बी’मा नेपाल र इरानसहित बंगलादेश गरी तीन राष्ट्र छन्।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा अन्तिम लिग खेलमा नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो। नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो। इरानले दोस्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्‍यो।

नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो। आजको खेलमा इरान विजयी भएकाले नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

रशिला महर्जन प्रिक्वार्टरफाइनलमा प्रवेश

यसैगरी ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। बिन्जियाङ जिम्न्याजियममा मंगलबार भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४, २१–७ को सोझो सेटमा पराजित गरिन्।

यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो। बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो। महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई २१–१०, २१–४ ले सोझो सेटमा हराइन्।

महिला डबल्समा चाइनिज ताइपेईका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका नीता लम्साल र नङ्सल तामाङको जोडीलाई २१–१, २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३, २१–७ को सोझो सेटमा पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...