अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल

: कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल सुरु गरेका छन् ।


संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न स्थानहरूमा बुधबार बिहान सुरू भएको थियो भने अपरान्ह्सम्म वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी भएका यूनियनले बताएको छ । वेस्ट कोस्टमा कम्पनीको कार्यबलको विशाल बहुमत रहेको छ ।

स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्स’ गठबन्धनले गत महिना एक विज्ञप्ति जारी गर्दै यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो ।

गठबन्धनले ‘यदि कैसरले अनुचित श्रम अभ्यासहरू जारी राख्यो भने’ नोभेम्बरमा थप हडतालमा सम्लग्न हुने’ चेतावनी दिएको छ ।

युनियनले बोर्डमा तलब वृद्धि, र श्रमको उप–सम्झौता र बाह्य आपूर्तिविरुद्ध सुरक्षा, अन्य मागहरू सम्बोधन गर्ने माग राखेको छ । कैसर परमानेन्टीले एक विज्ञप्ति जारी गर्दै तीन दिने हडतालमा आफ्ना स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ, 'केही यूनियनहरूले कर्मचारीहरूलाई श्रमिक हडतालमा भाग लिन आह्वान गरेका छन् । यसबाट हामी दुःखी भएका छौँ ।'

कम्पनीले आकस्मिक योजनाहरू लागू गरेको तर ग्राहकहरूलाई ‘सामान्य भन्दा लामो’ प्रतिक्षाको समयको अपेक्षा गर्न चेतावनी दिएको छ ।
'हडतालको समयमा हाम्रा स्वास्थ्य केन्द्रहरू खुला रहनेछन् र हाम्रा चिकित्सकहरू, प्रशिक्षित तथा अनुभवी प्रबन्धकहरू र कर्मचारीहरूद्वारा सेवा प्रवाह गरिनेछ,' विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...