इतिहासमै पहिलोपटक अमेरिकी सभामुख पदच्युत
इतिहासमै पहिलोपटक अमेरिकी सभामुख पदच्युत

– अमेरिकी संसद्का सभामुख केभिन म्याकार्थी पदबाट बर्खास्त भएका छन्। अमेरिकी संसद्को २ सय ३४ वर्षको इतिहासमा पहिलोपटक कुनै बहालवाला सभामुख यसरी पदमुक्त गरिएका हुन्। संसद्को तल्लो सदनले उनलाई पदबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरेको थियो।


आफ्नै दल रिपब्लिकन पार्टीका ८ जना चरम दक्षिणपन्थी सांसदले नै उनलाई पदमुक्त गर्ने पक्षमा मतदान गरेका थिए। मंगलबार संसद्मा भएको ऐतिहासिक मतदानमा मकार्थीलाई पदमुक्त गर्ने पक्षमा २ सय १६ मत परेको थियो भने विपक्षमा १ सय १० मत पर्‍यो।

संसद्मा उपस्थित सबै २ सय ८ डेमोक्रयाटिक सांसदले प्रस्तावको पक्षमा मतदान गरे भने आठ जना विद्रोही रिपब्लिकनले उनीहरूलाई साथ दिए। सबैभन्दा रोचक त के भने उनको आफ्नै दल रिपब्लिकन पार्टीका फ्लोरिडा राज्यबाट निर्वाचित सांसद म्याट गेट्जले नै संसद्मा उनलाई पदमुक्त गर्नेसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए। मंगलबारको विद्रोहको नेता पनि गेट्ज नै हुन्। उनी सुरुदेखि नै म्याकार्र्थीको विरोधमा रहँदै आएका थिए।

अमेरिकी सरकार आंशिक सट डाउनमा जानबाट रोक्न गत शनिबार पारित गरिएको सहमतिको विधेयकका सम्बन्धमा म्याकार्र्थीले खेलेको भूमिकाप्रति गेट्जले असन्तुष्टि जनाएका थिए। सभामुख पदमा निर्वाचित भएको नौ महिना पनि पूरा नहुँदै उनलाई अपदस्थ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...