अन्तरिक्षमा फोहोर फैलाएको भन्दै अमेरिकी सरकारद्वारा पहिलो पटक एक कम्पनीलाई जरिवाना
अन्तरिक्षमा फोहोर फैलाएको भन्दै अमेरिकी सरकारद्वारा पहिलो पटक एक कम्पनीलाई जरिवाना

: अमेरिकी सरकारले पहिलो पटक अन्तरिक्षको फोहोर अन्तरिक्षमा छाड्ने कम्पनीलाई जरिवाना गरेको छ ।


संघीय सञ्चार आयोगले ‘डिस नेटवर्क’ लाई १ लाख ५० हजार डलर जरिवाना गरेको छ । डिश नेटवर्कले हाल प्रयोगमा रहेका उपग्रहहरूबाट आफ्नो पुरानो उपग्रहहरू मध्ये एउटा सार्न असफल भयो।

कम्पनीले आफ्नो गल्ती स्वीकार गर्दै एफसीसीले दिएको सजायको पालना गर्ने बताएको छ । पुराना भूउपग्रह र अन्तरिक्ष यानका कारण अन्तरिक्षमा फोहोर बढ्दै गएकाले कुनै दिन ठुलो दुर्घटना हुने सम्भावना बढ्दै गएको छ ।

संघीय सञ्चार आयोगले डिस नेटवर्कको पुरानो स्याटेलाइट हाल पृथ्वीको परिक्रमा गरिरहेका अन्य उपग्रहका लागि खतरा भएको जनाएको छ । डिश नेटवर्कको इकोस्टार 7 उपग्रह पहिलो पटक सन् २००२ मा प्रक्षेपण गरिएको थियो। यो जियोस्टेशनरी कक्षमा थियो, जुन पृथ्वीको सतहबाट ३६००० किलोमिटर माथिबाट सुरु हुन्छ।

डिस नेटवर्कले यो स्याटेलाइटलाई पृथ्वीबाट करिब ३०० किलोमिटर टाढा राख्नुपर्ने थियो। तर २०२२ मा यो स्याटेलाइटको आयु समाप्त भएपछि १२२ किलोमिटर मात्र टाढा सारिएको थियो।

सन् २०२२ मा डिस नेटवर्कको आम्दानीको तुलनामा १,५०,००० डलर धेरै सानो रकम मानिन्छ। कम्पनीले गत वर्ष १६.७ बिलियन डलर कमाएको थियो।

सन् १९५७ मा पहिलो स्याटेलाइट प्रक्षेपण भएदेखि अहिलेसम्म करिब १० हजार उपग्रह अन्तरिक्षमा पठाइसकेका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार हाल अन्तरिक्षमा करिब २५ हजार साना पार्टपुर्जा छन् ।

नासाका प्रमुख बिल नेल्सनले यस वर्ष जुलाईमा बीबीसीलाई अन्तरिक्षको फोहोर ठूलो समस्या भएको बताएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...