असी वर्षीया वृद्धाको मस्तिष्कमा सुई भेटियो
असी वर्षीया वृद्धाको मस्तिष्कमा सुई भेटियो

मस्को : रूसको सुदूर पूर्वकी एक वृद्धा आफ्नो मस्तिष्कमा एक इन्च सुईसहित ८० वर्षसम्म बाँचेको पत्ता लागेको छ। चिकित्सकहरूले ती महिलाको सीटी स्क्यान गर्ने क्रममा एक इन्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन्।


चिकित्सकहरूले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको सिकार भएको विश्वास गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन्।

रूसको दुर्गम क्षेत्र साखालिनको स्थानीय स्वास्थ्य विभागले भनेको छ, 'वर्षौंको अनिकालका बेला यस्ता घटना हुनु कुनै नौलो कुरा थिएन।'

उनका आमाबाबुले दोस्रो विश्वयुद्धको दौडान आफ्नो बच्चालाई मार्ने निर्णय गरेका हुन सक्छन्, किनकि उनी ‘जन्मदेखि’ तीन सेन्टिमिटर लामो सुईको साथ बाँचिरहेकी थिइन्।

विश्व युद्धको समयमा यो विधि अक्सर अपराधको प्रमाण लुकाउन प्रयोग गर्ने गरिएको थियो।

युद्धको समयमा सोभियत सङ्घमा खाद्यान्नको अभाव व्याप्त थियो र धेरै मानिसहरू घोर गरिबीमा बाँचिरहेका थिए।

स्थानीय स्वास्थ्य विभागले भनेको छ, 'सुई उनको बायाँ ‘पेरिएटल लोब’ (मस्तिष्क) मा छिरेको थियो, तर यसले अपेक्षित प्रभाव पारेन र बालिका बाँच्न सफल भइन्।'

उक्त बिरामीले चोटपटकका कारण कहिल्यै टाउको दुखेको गुनासो नगरेको र कुनै पनि खतरामा नरहेको बताइएको छ। 'पिडित वृद्धाको अवस्थालाई चिकित्सकले निगरानी गरिरहेका छन्,' विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...