मुख्य समाचार
उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे
उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे

। फ्रान्सले यतिबेला अनौठो खालको प्रकोपको सामना गरिरहेको छ । राजधानी पेरिसका बजार, रेल, सिनेमा घर, विमानस्थल र अस्पतालमा उडुसको प्रकोप फैलिएपछि सरकारलाई टाउको दुखाइ बनेको छ ।

गर्मीयाममा मानिसले पेरिसस्थित सिनेमा घरका सिटमा उडुस फैलिएको भिडियो पोस्ट गर्दै गुनासो गर्न थालेका थिए । उनीहरुले शरीरमा उडुसले टोकेका तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यसपछि रगत चुस्ने परजीवी कीराको प्रकोप मुलुकभर फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ । फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको बताइन्छ । यस्तो प्रकोप बढ्न थालेपछि मानिसले आउँदो वर्षको सुरुवातमा हुने ओलम्पिकसँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न गर्न थालेका छन् ।

सिनेमा घरमा पनि उडुस फेला पर्न थालेपछि यसलाई गम्भीरता साथ लिइएको अधिकारीहरुले बताएका छन् । पेरिसको युजीसी बर्सी सिनेमाले दर्शकले उडुसले टोकेको गुनासो गर्न थालेपछि माफी मागेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सञ्चालकले उडुसले टोकेका सबै पीडितप्रति माफी मागेका हुन् ।

यसका लागि हल सञ्चालकले उडुसलाई मार्न कीटनाशक औषधि प्रयोग गर्ने, उच्च तापक्रम भएको पानी छर्किने जस्ता उपाय अपनाइरहेका छन् । प्रकोप फैलिएको फोटो भिडियो इन्टरनेटमा फैलिन थालेपछि पेरिसका फिल्म हलले दर्शक गिरावटको सामना गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिसको अर्को मल्टिप्लेक्स सिनेमा घर एमके टुले पनि उच्च तापक्रम, अन्धकार र फेब्रिकले ढाकिएका कुर्सीमा उडुस फैलिएको बताएको छ । विगत दुई-तीन दशकदेखि उडुसको प्रकोप बढ्न थालेको बताइन्छ । यो समस्या फ्रान्समा मात्र नभएर अन्यत्र पनि छ ।

विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग हुने व्यापार, पर्यटन र आप्रवासन जस्ता गतिविधिले उडुसको प्रकोप बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो । ‘भ्वाइस अफ अमेरिका’ को माउ संस्था ‘यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम)’ र अन्य ६ संस्थाको सञ्चालन खर्च कानुनले ...
— अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भ्वाइस अफ अमेरिका'लाई बन्द गरिदिएका छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ। यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ। ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ। दोस्रो विश्वयुद्धका बेला ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्। गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ। विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा ...
उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५९ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको बीबीसी समाचारमा उल्लेख छ। देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका ...