एसियाडको करातेमा नेपाल पहिलो दिन निराश
एसियाडको करातेमा नेपाल पहिलो दिन निराश

। १९ औं एसियाड अन्तर्गत बिहीबारदेखि सुरु भएको करातेमा पहिलो दिन नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

पहिलो दिन कातातर्फ दुई र कुमुतेतर्फ एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए तर पदकसम्म पुग्न सकेनन् । व्यक्तिगत कातामा पुरुष र महिलामा नेपालको चुनौती पहिलो दिनै सकिएको छ ।

पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण नै पार गर्न सकेनन् ।

पहिलो चरणमा महिला र पुरुष दुवैको दुई-दुई पुलमा राखेर प्रतिस्पर्धा गराइएको थियो । जसमा दुवै पुलबाट शीर्ष चार-चार खेलाडी अर्को चरणमा प्रवेश गरे । नेपाली खेलाडी भने शीर्ष चारमै पर्न सकेनन् ।

पहिलो चरणमा महिलातर्फ १६ र पुरुषतर्फ १३ खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

चतानयारा कुशांकु काता प्रस्तु गरेका सोनिमले ३८.३ अंक जोड्दै पाँचौ स्थानमा रहे । उनी चौथो भएका भिएतनामका मिन फाम भन्दा थोरैले पछि परेका थिए । फामले ४० अंक जोडेका थिए । यस पुलमा ८ खेलाडी समावेश थियो ।

यस्तै महिलातर्फ एलिसाले ३७.३ अंक जोडेर ८ खेलाडी सम्मिलित पुलको छैटौं स्थानमा रहिन् ।

१९औं एसियाडमा करातेतर्फ नेपालबाट कातामा २ खेलाडीले मात्र सहभागिता जनाउँदा टिम काता सहभागि छैन् ।

कुमुतेतर्फ भने नेपालका ६ खेलाडी सहभागी छन् । जसमा बिहीबारै भएको कुमुतेतर्फ पुरुष ७५ केजी तौल समूहमा मोहमद सेखु आलम पराजित भएका छन् । उनी पहिलो खेलमा एसियन च्याम्पियनसिपका स्वर्ण विजेता कजाकस्तानका नुराकानात अझिकानोभसँग ५-० ले पराजित भए ।

अजिकानोभ फाइनल पुगेपछि सेखु आलमले रिपेचेज खेल्ने मौका पाएका थिए । रिपेचेजमा पनि उनले पहिलो राउण्डमा बाई पाएका थिए तर त्यसपछि रिपेचेजको दोस्रो राउण्डमा कीर्गिस्तानका नाजिम नुर्लानोभसँग २-० ले पराजित हुँदै बाहिरिए ।

कुमुतेकै विप्लभ श्रेष्ठले शुक्रबार ८४ केजी तौल समूहको अन्तिम १६ चरणमा ताजिकिस्तानका उमेद साफारोभसँग, निरुपा तामाङले ६१ केजी तौल समूहको अन्तिम १६ चरणमा बंगलादेशकी हुमाइरा अख्तर अन्तरासँग खेल्नेछन् ।

यस्तै एरिका गुरुङले ६८ केजी तौलको क्वाटरफाइनलमा जापानकी युजुकी सावाएसँग खेल्नेछिन् भने सन्तोष श्रेष्ठले ६७ केजी तौल समूहको अन्तिम १६ मा थाईल्याण्डका चाइवाट फियान्दीसँग खेल्नेछन् ।

सविना श्रेष्ठले भने १९औं एसियाडको समापनको दिन आइतबार ५० केजी तौल समूहको अन्तिम ३२ मा चीनकै रानरान लीसँग खेल्नेछिन् ।

कुस्तीमा सिवाङ्गी पराजित

१९औं एसियाड अन्तर्गत कुस्तीतर्फ बिहीबार नेपालकी सिवाङ्गी दुवे पराजित भएकी छन् ।

महिला फ्रिस्टाइल ५७ केजी तौल समूहमाको प्रिक्वाटरफाइनलमा सिवाङ्गी थाइल्याण्डकी स्रिप्रापा थो काएवसँग ८-० ले पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...