रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी
रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् ।

चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए ।

उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो लागेको छ । विश्वमै नाम आइरहेको छ’, स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै ऐरीले भने ।

मैदान प्रवेश गर्दा रेकर्ड बन्छ भन्ने सोच नराखे पनि लगातार ६ छक्का हानेपछि भने विश्व रेकर्डको सोच दिमागमा आएको उनले बताए । उनले भने, ‘त्यतिबेला सुरुमा जाँदा रेकर्ड बनाउँछु भन्ने थिएन । ६ छक्का हानेपछि विश्व रेकर्ड बन्नसक्छ भन्ने सोच आएको थियो ।’

उनले विश्व रेकर्ड बनाउँदा टिमका सबैजना निकै खुसी रहेको र ड्रेसिङ रुमको माहोल पनि निकै सकरात्मक रहेको बताए । ‘मैले रेकर्ड बनाउँदा सबैजना खुुसी थिए । अहिले टिम पनि एकजुट भएर खेलिरहेको छ । सबैले बधाई दिइरहेका थिए’, उनले भने ।

भारतविरुद्धको खेलमा भने आफूले कसरी २०३ रनको लक्ष्य भेट्ने भनेर मात्र सोचेको बताए । ‘त्यो बेला रन कसरी चेज गर्ने भन्ने मात्रै दिमागमा थियो । एक ओभरबाट कति रन बनिरहेको छ । सल्लाह गरेर खेलिरहेका थियौं’, १५ बलमा ३२ रन बनाएका उनले भने ।

उनले भारतका शिवम् दुवेलाई १४औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गरेका थिए । तर पनि नेपाल भारतसँग २३ रनले पराजित भएको थियो ।

पछिल्लो समय क्यानडामा ग्लोबल टी–२० खेलेर आएका उनले त्यो प्रतियोगिताको अनुभवले पनि हाल निकै सहयोग गरिरहेको बताए । ‘क्यानडामा राम्रो टिम र खेलाडीहरुसँग सिक्ने मौका पाएँ । त्यहि अहिले लागु गरिरहेको छु ।’

नेपाली टिमले घरेलु मैदानमा नै कात्तिक ११ गतेबाट टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्दैछ ।

पहिलो खेलमा मंगोलियाविरुद्ध ५२ रनमा अविजित रहेका दिपेन्द्रले दोस्रो खेलमामाल्दिभ्स विरुद्ध ९ र तेस्रो खेलमा भारतविरुद्ध ३२ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...