मुख्य समाचार
अब हलिउडतिर ज्याकलिन, जीन क्लाउडसँगको फोटो सेयर गर्दै दिइन् संकेत
अब हलिउडतिर ज्याकलिन, जीन क्लाउडसँगको फोटो सेयर गर्दै दिइन् संकेत

। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस केही समयदेखि कुनै ठूला फिल्ममा देखिएकी छैनन् । तर सामाजिक सञ्जालमा उनको पछिल्लो पोस्टले हलचल मच्चाएको छ ।

यो पोस्टमा उनी हलिउड अभिनेता जीन क्लाउड भान डम्मेसँग देखिएकी छिन् । पोस्ट हेरेपछि अभिनेत्रीको हलिउड एन्ट्रीको चर्चा सुरु भएको छ । दीपिका पादुकोण र आलिया भट्टपछि ज्याकलिन पनि हलिउड जाने तयारीमा रहेको भन्दै फ्यान प्रतिक्रिया दिइरहेका छन् ।

ज्याकलिन र क्लाउडको तस्वीर हेरेपछि सबैले अनुमान लगाउन खोजिरहेका छन् कि यी दुईबीच के पाकिरहेको छ ? साथै अभिनेत्रीले पोस्टसँग लेखिएको क्याप्सनमार्फत केही संकेत पनि दिएकी छिन् । तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘विथ भान डम, यो सहकार्यको लागि अरु पर्खन सक्दिनँ ।’

पोस्टमा कमेन्ट गर्ने फ्यानले ज्याकलिनले फिल्म वा अन्य कुनै प्रोजेक्ट गर्न लागेको भन्दै प्रश्न सोधेका छन् । एक जना फ्यान लेख्छन्, ‘ओ ! उससँग ज्याकलिन कसरी पुगिन् ? केही हुन लागेको जस्तो देखिन्छ । जबकि अर्कोले लेखे, विश्वास गर्न सक्दिन । अर्को फ्यानले लेखे, राम्रो सहयोग ।’

अभिनेत्रीको पोस्टमा वरुण धवनले पनि प्रतिक्रिया दिएका छन् । वरुणले पहिले नै ज्याकलिनलाई जीनसँग काम गर्नका लागि शुभकामना दिएका छन् । यो पोस्ट हेरेर फ्यानले अब उनी हलिउड जान सक्ने अनुमान गरेका छन् ।

कामको कुरा गर्ने हो भने ज्याकलिन आगामी दिनमा फिल्म ‘फतेह’मा अभिनेत्री सोनु सुद र विजय राजसँग देखिनेछिन् । उनी पछिल्लो पटक रोहित शेट्टीको फिल्म ‘सर्कस’ मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...