रियल मड्रिडका नयाँ हिरो बेलिङघम
रियल मड्रिडका नयाँ हिरो बेलिङघम

। उनले गरेको गोल पुस्कास अवार्ड योग्य रहेको भनेर चर्चा भइरहेको छ । ४० यार्डबाट बललाई जाली चुमाउने खेलाडी हुन रियल मड्रिडका जुड बेलिङघम । च्याम्पियन्स लिगमा नेपोलीका डिफेन्डरलाई छक्याउँदै उनले गरेको गोल निकैनै अविस्मरणीय छ ।

मंगलबारको रोचक भिडन्तमा रियल भलै ३-२ ले विजयी भयो, यो खेलबाट सबैको मनमा स्थान बनाउन बेलिङघम फेरि सफल भए । ग्रिष्म कालमा खेलाडी अनुबन्धित गर्दा रियलले उनीमाथि १०३ मिलियन युरो खर्चिएको थियो ।

सन् २०१३ मा ग्यारेथ बेल र सन् २०१९ मा एडेन हजार्डपछि रियलमा १०० मिलियन माथिको अफर पाउने उनी तेस्रो खेलाडी हुन् ।

यसै पनि यो कुराले उनी युरोपेली मिडियामा छाएका थिए । उनको गोलपछि युरोपका समाचारपत्र, टिभी, रेडियो र सामाजिक सञ्जालमा बेलिङघम झन् छाए ।

बोरुसिया डर्टमण्डबाट रियल प्रवेश गरेर ९ खेलमा ८ गोल गर्दै उनले सनसनी मच्चाएका छन् । हात फैलाएर गोलको उत्सव मनाउने उनको स्टाइललाई फ्यानले झनै रुचाएका छन् । स्पेनिस मिडियाले पनि उनको यो शैलीलाई निकै पछ्याउँछन् ।

स्पेनिस मिडियामा उनीबारे आएका दुई हेडलान यस्ता छन्,

थोरै डी स्टेफेनो र थोरै जिदान झल्काउने बेलिङघम ।

म्याराडोना तहको प्रदर्शन गर्ने बेलिङघम

आफ्नो प्रशंसामा आएका हेडलाइनबारे उनी भन्छन्, ‘म स्वंयममाथि विश्वास गर्छु । मलाई अरुसँग तुलना गर्नु उचित हो जस्तो मलाई लाग्दैन । मेरो सफलताको श्रेय क्लबका कर्मचारी र मेरा खेलाडी साथीहरुलाई पनि दिन चाहान्छु ।’

सामान्य सुरुवातदेखि धमाकेदार प्रस्तुतिसम्म

अर्जेन्टिनाका डियगो म्यारोडोनासँग तुलना गरेकोबारे सोध्दा उनले भने, ‘यो त मेरोबारे निकै बढाइचढाइ भयो । मेरो गोल सानदार रहेको कुरामा म सहमत छु, तर म्याराडोनासँग मेरो तुलना हुन सक्दैन ।

आगामी दिनमा समेत यस्तै प्रदर्शनलाई निरन्तरता दिने पक्षमा छन् बेलिङघम ।

‘मैले आज के गरेँ भन्दा पनि यसलाई मैले निरन्तरता दिन सक्छु वा सक्दिँन भन्ने कुरा महत्वपूर्ण हुन्छ । यो लयलाई म कायमै राख्न चाहन्छु,’ उनले भने ।

सन् २०२० मा बर्मिङघमबाट उनलाई ल्याउँदा डर्टमण्डले २५ मिलियन युरो खर्चियो । १७ वर्षकै उमेरमा उनी महँगा खेलाडी बने । धेरैले उनलाई उडाए पनि उनले आफ्नो गतिलाई तीव्र बनाउँदै लगे । जसले विगतमा उनलाई उडाए अहिले उनैले उनलाई तीनपटक बलोन डीओर अवार्ड विजेता रियो फर्डिनाडसँग पनि तुलना गर्न पछि परेका छैनन् ।

स्पेनिस फुटबल विज्ञ जिलियम ब्लेग बेलिङघमलाई समकालीन विश्वका उत्कृष्ट खेलाडीको संज्ञा दिन्छन् । ‘ला लिगाको उच्च तहमा रहनु उनको सपना थियो र उनको स्तर त्यही स्तरको छ । स्पेनमा उनलाई स्टेफेनो देखि जिदानसँग तुलना हुनेगर्छ । सबैले उनलाई उत्कृष्ट भन्छन् र उनले त्यसलाई बारम्बार प्रमाणित गरेका छन् ।’

बेलिङघमको प्रस्तुतिपछि प्रशिक्षक कार्लो एन्सेलोटीले भनेका छन्, ‘उनी २० वर्षका मात्रै छन् तर उनको चरित्र र रवैया ३० वर्षकोझैँ छ ।’

२० वर्षको उमेरमै खेलमा गुणस्तर र परिपक्वता दिएको उनको अवलोकन छ । ब्राजिलका फरवार्ड भिनिसियसले उनको प्रशंसामा भनेका छन्, ‘मलाई खेलमा उनी जति सहज अरुसँग मिल्दैन । उनले विग्रिएको खेललाई पनि लयमा फर्काउने सामर्थ्य राख्छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...