। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले टोटनम्यामसँग पुनः खेल गराउन माग गरेका छन् ।
लिभरपुल २–१ ले हारेको त्यो खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले लुइस डियाजको गोललाई अफसाइड दिएका थिए ।
तर फोर्थ अफिसियल डोनर इंग्ल्याण्डले भीएआर चेक गर्ने विधि पुरा नगरी त्रुटिपूर्ण निर्णय गरेको पाइएको थियो । त्यो अफसाइड दिँदा लिभरपुल र टोटनह्याम ०–० को अवस्थामा थिए ।
अन्तिम मिनेटमा जोएल माटिपले आत्मघाती गोल गरेपछि लिभरपुल २–१ गोल अन्तरले पराजित भएको थियो ।
यसको समाधान पुनः खेल गराउनु भएको लिभरपुलका प्रशिक्षकले बताएका छन् । ‘यसअघि यस्तो कहिल्यै भएको थिएन, त्यसैले पुनः खेल गराउनु सही बाटो हुनसक्छ’ क्लोपले भने, ‘तर यो हुने छैन होला ।’