काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।
यो कार्यविधिअनुसार पुरस्कार दिन निकै झन्झटिलो भएकाले खारेज गर्ने निर्णय गरिएको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताए ।
उनका अनुसार कार्यविधिमा पुरस्कार दिन अर्थ मन्त्रालयको सहमति दिनेदेखि मन्त्रिपरिषद्मा लैजानुपर्ने झन्जिटिलो प्रक्रियामा थियो ।
‘एक लाख पुरस्कार दिन मन्त्रिरिषद्मा लैजानु पर्ने अवस्था रह्यो’ उनले भने, ‘अब मन्त्रीस्तरबाटै निर्णय गर्नसक्ने गरी नयाँ कार्यविधि बनाउन पुरानो खारेज गरिएको हो ।’