दसैंलाई सहुलियतको चिनी ल्याउन ४५ दिने सूचना !
दसैंलाई सहुलियतको चिनी ल्याउन ४५ दिने सूचना !

— दसैंको घटस्थापना आउन अब १२ दिन बाँकी छ । यही बेला चिनीको खपत पनि अत्यधिक बढ्छ । तिहार र छठमा यसको माग झन् बढी हुन्छ । बजारको यही मागलाई दृष्टिगत गरी व्यवसायीले कृत्रिम अभाव बनाएर महँगोमा बिक्री गरिरहेका छन् ।


चिनी अभावको बहाना बनाउँदै उत्पादन, होलसेलदेखि खुद्रा व्यापारीले मूल्यवृद्धि गरेका हुन् । सरकारी गोदाम रित्तै हुँदा बजारमा व्यवसायीले मूल्यमा मनोमानी गरिरहेका हुन् ।

कतिपय होलसेलमा चिनी नरहेको खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठ बताउँछन् । केही दिनअघि होलसेलमा प्रतिकिलो १ सय २२ रुपैयाँमा उपलब्ध चिनी अहिले बजारमा छैन । ‘बजारको पछिल्लो अवस्था हेर्दा चिनीको भाउ पनि छैन । होलसेल व्यवसायीले नै चिनी नभएको बताइरहेका छन्,’ उनले भने, ‘केही दिनअघि एक होलसेलले १ सय २२ रुपैयाँमा किन्न भनेका थिए, त्यसको दुई दिनमा त्यही चिनी पनि मैले पाइनँ ।’ भाटभटेनीले प्रतिकिलो १ सय ९ रुपैयाँमा बिक्री गरेकाले होलसेलबाट १ सय २२ मा खरिद नगरेको उनले सुनाए ।

‘बजारमा चिनी आक्कलझुक्कल मात्रै पाइएको छ, मूल्य पनि मनोमानी छ । म आफैं व्यापारी भए पनि बिगमार्टबाट प्रतिकिलो १ सय २५ रुपैयाँमा किनेको पनि छु । खुद्रामा १ सय ३५ रुपैयाँसम्ममा बिक्री भएको जानकारी पाएको छु,’ उनले भने, ‘दसैं–तिहारका लागि चिनी उपलब्ध हुने/नहुने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई हामीले ध्यानाकर्षण गराएका छौं, विभागमा छलफल गर्दा दसैंसम्म चिनी आइपुग्ने आश्वासन पाएका छौं ।’

संघले प्रतिकिलो १ सय ३५ रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको बताइरहँदा बजारमा भने १ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । जानकारका अनुसार बजारमा देखिएको समस्याको मुख्य जिम्मेवार सरकार नै हो । माग र आपूर्तिबारे अध्ययन र सहुलियत दरमा चिनी आयात अनुमति नदिँदा मूल्य अकासिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त चिनी मौज्दात नहुँदा समस्या भएको हो । साल्टसँग जम्मा ४ सय टन चिनी मौज्दात रहेको साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले जनाए । उक्त चिनी दसैंसम्मलाई नपुग्ने उनको भनाइ छ । ‘साल्टको बिक्री केन्द्रबाट दैनिक २५ टन बिक्री भइरहेको छ । यही हिसाबले बिक्री भए दसैंसम्म पुग्दैन,’ उनले भने । अर्को सरकारी संस्थान खाद्यको गोदाम त रित्तै छ ।




चाडबाडलाई लक्ष्य गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरमा ६० हजार टन चिनी आयात गर्न गरेको प्रस्तावमा अर्थ मन्त्रालयले भदौ अन्तिम साता २० हजार टनको अनुमति दिएको छ ।

अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्ने निर्णय भएको छ । उक्त चिनी आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिइएको छ । चाडबाडमा बिक्री गर्न आयातमा छुट दिइए पनि छुटको चिनी आउने सम्भावना न्यून छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी किन्न ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको छ । खाद्यले गत बुधबार (असोज १०) मा ४५ दिनको म्याद राखेर टेन्डर आह्वान गरेको हो । चिनी ल्याउन आवेदन पेस गर्ने समय मंसिर १ सम्म छ । अर्थात् यसअनुसार दसैं, तिहार र छठसम्म टेन्डर प्रक्रिया पूरा गर्दै समय बित्नेछ । दसैं–तिहारलगायत पर्वमा उपभोक्तालाई राहत दिने सरकारको उद्देश्य भए व्यवस्थापनले छिटोछरितो प्रक्रिया अपनाउन सक्थ्यो । त्यसका लागि उच्च तहमा छलफल गर्न सक्थ्यो,’ खाद्यकै एक कर्मचारीले भने, ‘तर अहिलेको निर्णय र बोलपत्र हेर्दा यो चिनी छठसम्म पनि आउन्न, उपभोक्तालाई छुट हुँदैन ।’

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले पनि ‘सार्वजनिक खरिद ऐनअनुसार ४५ दिनको बोलपत्र आह्वान गरिएको प्रतिक्रिया दिए । ‘टेन्डर खुला भएको छ, ४५ दिनपछि बोलपत्र मूल्यांकन गर्छौं,’ उनले भने, ‘अब आफैं बुझ्नुस् । चाडबाडमा चिनी आउँछ/आउँदैन ।’ खाद्यले ०७७ सालमा पनि सहुलियतको चिनी ल्याउन सकेको थिएन । ०७७ साउन १२ को मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० हजार र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई २० हजार टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्न स्वीकृति दिएको थियो । त्यति बेला सहुलियतको चिनी साल्टले दसैंअगाडि ल्याए पनि खाद्यले सकेन । खाद्य कम्पनीले ४५ दिने सूचना जारी गरे पनि यति बेला साल्टले भने १५ दिनको बोलपत्र आह्वान गरेको छ । साल्टले आह्वान गरेको सूचनाको म्याद शनिबार (असोज २०) मा सकिँदै छ । ‘आपूर्तिकर्ता भारतीय कम्पनी परे दसैंअघि आयातको सम्भावना उच्च छ,’ साल्टका राजभण्डारीले भने, ‘तेस्रो कम्पनीको आयातकर्ता भए तिहारसम्म पनि लाग्न सक्छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने सहुलियत चिनी आयात गर्न कूटनीतिक पहल भइरहेको दाबी गरे । ‘जीटूजीमार्फत ५० हजार टन आयात गर्न साउन ५ मा पत्र पठाएका थियौं, त्यसमा कूटनीतिक पहल भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...