मुख्य समाचार
'क्वान्टम डट्स' खोजी गर्ने तीन जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
'क्वान्टम डट्स' खोजी गर्ने तीन जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

— 'क्वान्टम डट्स को खोजी तथा संश्लेषण' मा संलग्न वैज्ञानिकहरूलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।


बुधबार रोयल स्विडिस एकेडेमीले पछिल्लो समय 'नानोटेक्नोलोजी टुलबक्स' का लागि महत्त्वपूर्ण भूमिका खेल्ने क्वान्टम डट खोजी गर्ने तीन जना वैज्ञानिक मौंगी जी बावेन्डी, लुई ई ब्रस र अलेक्सेई आई इकिमोभलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

क्वान्टम डट्सले कम्प्युटर मनिटर तथा टेलिभिजन स्क्रिनलाई उज्यालो बनाउँछ । त्यस्तै चिकित्सकहरूलाई ट्युमर पत्ता लगाउन पनि यसको प्रयोग हुने एकेडेमीले जनाएको छ ।

कमिटीले पुरस्कार विजेता घोषणा गर्नुअघि नै यस वर्षका रसायनशास्त्रतर्फका विजेताको नाम सूची लिक भएको थियो । नोबेल कमिटीले पठाएको इमेलका आधारमा स्विडिस समाचारपत्र अफ्टनब्लाडेटले सम्भावित विजेताको नाम सार्वजनिक गरेको थियो ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ । गत वर्ष रसायनशास्त्रका लागि तीन जना वैज्ञानिकले संयुक्त रूपमा पुरस्कार पाएका थिए । अणुहरूको काँटछाँटसम्बन्धी अनुसन्धानका लागि गत वर्ष क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्षको भौतिकशास्त्र र चिकित्शास्त्रतर्फको पुरस्कार घोषणा भइसकेको छ । यस वर्ष 'सुक्ष्म समय' पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । त्यस्तै कोरोना भाइरसविरुद्धको एमआरएन खोप विकासका लागि तीन वैज्ञानिकले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

यस वर्ष साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो । ‘भ्वाइस अफ अमेरिका’ को माउ संस्था ‘यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम)’ र अन्य ६ संस्थाको सञ्चालन खर्च कानुनले ...
— अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भ्वाइस अफ अमेरिका'लाई बन्द गरिदिएका छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ। यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ। ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ। दोस्रो विश्वयुद्धका बेला ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्। गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ। विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा ...
उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५९ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको बीबीसी समाचारमा उल्लेख छ। देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका ...