— युरोपेली च्याम्पियन्स लिगमा २० वर्षपछि फर्केको न्युकासल युनाइटेडले बुधबार सेन्ट जेम्स पार्कमा पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि ४–१ को सनसनीपूर्ण जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले भने अर्को खेलमा आरबी लाइपजिगलाई ३–१ ले हरायो ।
युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा बार्सिलोना पनि विजयी रह्यो र यो ज्याभीका लागि क्लबका तर्फबाट प्रशिक्षकका रूपमा सयौं खेल रह्यो । बार्सिलोनाले एफसी पोर्टोलाई १–० ले हरायो । तर सबैभन्दा ठूलो विजेता भने न्युकासल रह्यो र उसका लागि म्यागुएल अल्मिरोन, डान ब्रुन, सिन लङ स्टाफ र फाबिन सेसरले गोल गरे ।
अन्य खेलमा लाजियोले सेल्टिकलाई २–१, एटलेटिको म्याड्रिडले फायनउडलाई ३–२ र साख्तर डोनेस्कले रोयल एन्ट्रपलाई ३–२ ले पराजित गर्यो । यस्तै, बोरुसिया डर्टमुन्ड र एसी मिलानले गोलरहित तथा रेड स्टार ब्रेलग्रेड र योङ ब्वाइजले २–२ को बराबरी खेले ।