मुख्य समाचार
फेरि शुल्क बढाउने तयारीमा नेटफ्लिक्स
फेरि शुल्क बढाउने तयारीमा नेटफ्लिक्स

— झन्डै ५ महिनासम्म विभिन्न मागसहित हलिउडका लेखक संगठनहरूले गरेको हड्ताल सकिनेबित्तिकै नेटफ्लिक्स आफ्नो सब्स्क्रिप्सन शुल्क पुन: बढाउने तयारीमा लागेको छ । वालस्ट्रीट जर्नलमा प्रकासित समाचारअनुसार विश्वभर झन्डै २४० मिलियन सशुल्क सब्स्क्राइबर रहेको यो स्ट्रिमिङ सर्भिसले आगामी केही सातामै अमेरिका, क्यानडा लगायत विश्व बजारमा आफ्नो बढाइएको शुल्क क्रमश: लागू गर्नेछ ।

नेटफ्लिक्सले यसअघि गएको वर्ष मात्रै शुल्क बृद्धि गरेको थियो । कम्पनीले कोभिड-१९ महामारीसँगै बढेका दर्शक घट्न शुरू भएपछि आफ्ना एड-फ्री स्ट्यान्डर्ड, प्रिमियम र एड-सपोर्टेड सबैथरीका प्लानहरूको शुल्क पुनरावलोकन गरेको थियो । यस्तै केही महिनाअघि नेटफ्लिक्सले आफ्ना अनुमानित १०० मिलियन ग्राहकहरूले प्रयोग गर्दै आएको पासवर्ड शेयरिङमा पनि कडाइ गर्दै आफ्नो आम्दानी बृद्धि गर्ने पहल शुरू गरेको थियो ।

कम्पनीले वर्ष २०२३ का पहिलो दुई त्रैमासिकमा झन्डै १७ अर्ब डलर आम्दानी गरेको छ जुन २०२२ को यही अवधिको तुलनामा लगभग ४ प्रतिशत बढी हो । कम्पनीको आम्दानीमा वर्ष २०२० मा २४ प्रतिशत र २०२१ मा १८ प्रतिशतले बृद्धि भएको थियो । त्यो बेला आक्रामक बजार बिस्तार गरेको नेटफ्लिक्स कोभिडपछिको जनजीवन सामान्य भएपछि घटेका ग्राहक र आम्दानी बढाउन प्रयत्नरत छ ।

गएको साता राइटर्स गिल्ड अफ अमेरिका लगायत संस्थाहरूसँग भएको सहमतिअनुसार अब नेटफ्लिक्स, डिज्नी प्लस, हुलु लगायत स्ट्रिमिङ कम्पनीहरूले कुनै कन्टेन्टहरूले कस्तो स्ट्रिमिङ गरे भन्ने तथ्यांक पारदर्शी गर्नुपर्नेछ । सँगै लेखकहरूले पाउने रकममा ठूला बजेटका सिनेमाको १८ प्रतिशत र अन्यको २६ प्रतिशत बृद्धि पनि भएको छ । लेखकहरूले यो सहमतिले नेटफ्लिक्सको कुल आम्दानीमा एक प्रतिशतभन्दा कमको मात्रै असर गर्ने भए पनि कम्पनी फेरि शुल्क बढाउने तयारी गरेको हो ।

लेखकहरूसँग सहमति भइसक्दा समेत हलिउडका कलाकारहरू भने अझै हड्तालमै छन् । कलाकार र लेखकहरूको हड्तालले गर्दा नेटफ्लिक्ससँगै वार्नर ब्रोज, डिज्नीप्लस लगायतका ठूला सिनेमा निर्माता कम्पनीका लाखौं डलरका प्रोजेक्टहरू रोकिएका छन् । अहिले लेखकको हड्ताल सकिए पनि कलाकारहरू काममा नफर्केकाले ती प्रोजेक्टमा अझै ढिलाइ हुनेछ ।

अनुमानहरूका अनुसार नेटफ्लिक्सका स्क्वीड गेम, स्ट्रेन्जर थिङ्स, क्राउन, ब्रिजरटन लगायत सिरिजका पछिल्ला कार्यक्रममा उत्पादन रोकिएका छन् भने डिज्नीका अवतार, इन्डियाना जोन्ससँगै वार्नर ब्रोजका ब्याटम्यान, अक्वाम्यान समेतका सयौं प्रोजेक्टहरू रोकिएका छन् । जानकारहरूका अनुसार नेटफ्लिक्सले कलाकारहरूको हड्ताल सकिनेबित्तिकै आफ्नो शुल्क बढेको घोषणा सार्वजनिक गर्नेछ । यस्तै डिज्नीप्लसले पनि शुल्क बढाउनसक्ने अनुमान समाचारहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...