वायुसेवा निगमको ४ अर्ब ऋण तिरियाे, साना जहाज खरिद गर्दैछौं : मन्त्री किराँती
वायुसेवा निगमको ४ अर्ब ऋण तिरियाे, साना जहाज खरिद गर्दैछौं : मन्त्री किराँती

— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ४ अर्ब ऋण तिरिसकिएकाे बताएका छन् । आफू मन्त्री भएर जिम्मेवारी सम्हालेपछि वायुसेवा निगमकाे ४ अर्ब ऋण तिरिएकाे र आगामी दिनमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन लागिएको उनले जानकारी दिएका छन् ।


अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बिहीबारको बैठकमा मन्त्री किराँतीले भने, 'दुई पटक गरेर ४ अर्ब ऋण तिरिसकेका छाैं । साना जहाज खरिदकाे प्रक्रियामा अगाडि बढेका छाैं ।' वायुसेवा निगमको इतिहास लामाे रहेकाे र धमिजा-लाउडा काण्ड भाेग्दै आएकाेले अवस्था जटिलता बन्दै गएकाे पनि मन्त्री किराँतीले बताए ।

नेपालमा वायुसेवा सञ्चालन र नियमनकाे कानुनी प्रावधान पनि नयाँ नरहेको मन्त्री किराँतीकाे भनाइ छ । 'रेष्टुरेन्ट चलाउने ऐन र जहाज चलाउने ऐन एउटै छ नेपालमा,' उनले भने । चिनियाँ जहाज ग्राउन्डेड हुँदा निगमले नियमित रुपमा घाटा बेहाेरिरहेकाे मन्त्री किराँतीकाे दाबी छ । उनले ती विमानको पार्किङ र बीमा रकमले नै निगमलाई नियमित घाटामा लगिरहेकाे बताए । चलाउन पनि नसकिने र त्यसकाे दायित्वबाट पनि उन्मुक्ति नमिलेकाे उनले दुखेसाे पाेखे । 'यसकाे पार्किङ चार्ज पनि तिर्नुपर्ने छ । लिजमा लिने पनि आउँदैनन् । यी जहाज भालुकाे कम्पट भएको छ । समाउ हात थाकिसक्याे, नसमाउ आफैलाई खान्छ ।'

मन्त्रीले नागरिक उड्डयनसँग सम्बन्धित २ विधेयक मन्त्रिपरिषदमा पुगेको पनि जानकारी दिए । वायुसेवा सञ्चालन र नियमन गर्ने विधेयकमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको सहमति प्राप्त भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...