विश्वकप क्रिकेट : न्युजिल्यान्डको शक्तिशाली प्रदर्शन
विश्वकप क्रिकेट : न्युजिल्यान्डको शक्तिशाली प्रदर्शन

— डेभोन कोन्वे र रचिन रवीन्द्रको सानदार शतकमा न्युजिल्यान्डले बिहीबार एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा शक्तिशाली प्रदर्शन गर्दै इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको छ । चार वर्षअघि इंग्ल्यान्डले घरेलु मैदानमा न्युजिल्यान्डलाई हराएर पहिलो पटक विश्वकप जितेको थियो ।

प्रमुख खेलाडी बेन स्टोक्सविनै खेलेको इंग्ल्यान्डलाई २८२–९ को स्थितिमा रोकेपछि विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा देव्रेहाते जोडी कोन्वे र रवीन्द्रले दोस्रो विकेटमा २ सय ७३ रनको अविजित साझेदारी गरे । जसका कारण न्युजिल्यान्डले आरामदायी हिसाबमा १३.४ ओभरअघि खेल आफ्नो पक्षमा पारेको थियो ।

कोन्वे १ सय ५२ र रवीन्द्रले १ सय २३ रन बनाए । ‘कहिलेकाहीं यस्तो अविश्वसनीय क्षण आउँछ, तर यो दिन साँच्चै राम्रो भयो,’ २३ वर्षे रवीन्द्रले भने । यो उनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । प्लेयर अफ द म्याच उनले कुल ९६ बल खेल्दै ११ चौका र ५ छक्का प्रहार गरे । कोन्वेले १ सय २१ बल खेली १९ चौका र ३ छक्का प्रहार गरे ।

न्युजिल्यान्ड पनि नियमीत कप्तान केन विलियम्सनविना खेलिरहेको थियो । तर कार्यबाहक टम लाथमले उनको अनुपस्थिति महसुस हुन दिएनन् । जो रुटले ७७ रन बनाए पनि इंग्ल्यान्डले ठूलो चुनौती दिन सकेन । कप्तान जोस बटलरले ४२ बलमा ४३, जोनी बेरिस्टोले ३३ र ह्यारी ब्रुकले २५ रन बनाए । न्युजिल्यान्डबाट म्याट हेनरीले ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनरद्वय मिचेल सान्टनर र ग्लेन फिलिप्सले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...