— नेपाल १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएको छ ।
यस जितपछि भारत फाइनल पुगेको छ भने नेपाल कांस्य पदकमै सीमित भयो ।
पहिलो हाफमा भारत २९-१० ले अगाडि रहेको थियो । पूर्णत भारतको पकड रहेको खेलमा नेपाल चार अल आउट भएको थियो ।
एसियाली खेलकुदमै पहिलो सहभागिता जनाइरहेको नेपाल लिग चरणमा बंगलादेशलाई हराएर कांस्य पदकका लागि योग्य भएको थियो ।