विस्तारित कर्जाको तेस्रो किस्ता दिन आईएमएफ सहमत
विस्तारित कर्जाको तेस्रो किस्ता दिन आईएमएफ सहमत

— विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको तेस्रो किस्ता दिन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सहमत भएको छ ।

हाल नेपालमा रहेको आईएमएफको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत विभिन्न उच्च अधिकारीलाई भेटेको थियो । खासगरी अर्थमन्त्री महत र गभर्नर अधिकारीले ईसीएफ लिँदा सरकारले गरेको समग्र अर्थतन्त्रमा सुधार गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने आश्वासन पाएपछि आईएमएफको टोली तेस्रो किस्ता निकासा गर्न सहमत भएको हो ।

असोज ४ देखि १७ (सेप्टेम्बर २१ देखि अक्टोबर ५) सम्म आईएमएफको टोली नेपाल भ्रमणमा छ । नेपालका लागि मिसन चिफको नेतृत्वमा आईएमफको टोली नेपाललाई दिइएको विस्तारित कर्जा सुविधा (एक्स्टेन्डेट क्रेडिट फ्यासिलिटी) अन्तर्गत भइरहेका सुधार कार्यक्रमको कार्यान्वयन अनुगमन गर्न आएको हो । आईएमएफको कार्यकारी समितिले पारित गरेपछि मात्रै यो सहयोग नेपालले प्राप्त गर्नेछ ।

आईएमएफले ईसीएफमार्फत नेपाललाई प्रदान गर्ने ४९ अर्ब रुपैयाँ विस्तारित कर्जा सुविधाअन्तर्गतको तेस्रो किस्ता दिन सहमति जनाएको हो । यसअनुसार अब आईएमएफले तेस्रो किस्तामा करिब पौने ७ अर्ब रुपैयाँ (५ करोड १३ लाख डलर) दिनेछ । यससँगै नेपालले कुल ४९ अर्ब रुपैयाँमध्ये २७ अर्ब ११ करोड रुपैयाँ (२० करोड ५४ लाख डलर) सहयोग प्राप्त गर्नेछ ।

नेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि आईएमएफले यो सुविधा प्रदान गरिरहेको छ । यसअघि सरकारले आफ्नो प्रतिबद्धताविपरीत आयात प्रतिबन्ध गरेको, प्रतीतपत्रमा नगद मार्जिनको व्यवस्था गरेकोलगायत कारण देखाएर दोस्रो कित्ता पनि रोकेर लामो समयपछि मात्र भुक्तानी दिएको थियो । तेस्रो कित्ता भने समयमै दिन सहमति जनाएको हो । नेपाल सरकारले वित्त क्षेत्र र मौद्रिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै आईएमएफसँग ०७८ पुसमा विस्तारिक कर्जा सुविधा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...