मुख्य समाचार
नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसेलाई
नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसेलाई

समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार जोन फोसेलाई मङ्गलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय फोसेलाई व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्ने शैलीका लागि पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।

फोसे आफ्नै शैलीमा उपन्यासहरू लेख्छन्, जसलाई फोसेको न्यूनतावाद (फोसे मिनिमलिजम) को सङ्ज्ञा दिइन्छ । उनले न्यूनतम तथा सरल भाषामा निर्भर भई लय, माधुर्य र मौनताको माध्यमबाट आफ्नो सन्देश आफ्ना नाटक, काव्य तथा अन्य कृतिमा दिन्छन्।

फोसेको लेखनलाई ‘विषयवस्तुभन्दा रूपले बढी परिभाषित गरिएको छ, जहाँ जे भनिएको छैन त्यो प्रायः के हो भन्दा बढी प्रकट हुन्छ’ ।

फोसेले यस प्रतिष्ठित पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिएका छन् ।

फोसेको जन्म सन् १९५९ मा भएको हो । उनका ४० नाटक, केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो ।

आज शान्ति र सोमबार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो । ‘भ्वाइस अफ अमेरिका’ को माउ संस्था ‘यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम)’ र अन्य ६ संस्थाको सञ्चालन खर्च कानुनले ...
— अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भ्वाइस अफ अमेरिका'लाई बन्द गरिदिएका छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ। यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ। ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ। दोस्रो विश्वयुद्धका बेला ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्। गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ। विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा ...
उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५९ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको बीबीसी समाचारमा उल्लेख छ। देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका ...