मुख्य समाचार
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु

: युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् ।

युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गरेका छन्।

खार्किभको उत्तरपूर्वी क्षेत्र, जहाँ हाल कूल ३३० जना जनसङ्ख्या रहेको छ, मा रहेको उक्त गाउँमा शोक व्यक्त गर्नेहरू एक क्याफेमा थिए र सोही भवनको एउटा पसलमा मृतकका आफन्तहरू थिए ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै भनेका छन्, 'एक जना मृतक गाउँलेको सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गरिएको स्थानमा आक्रमण भएको छ ।'

उनका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक छ वर्षीय बालकदेखि विभिन्न उमेरसमूहका मानिस रहेका छन् ।

अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट ग्रोजा ३० किलोमिटरभन्दा बढी दूरीमा अवस्थित छ जहाँ युक्रेनी सेनाले रूसी सेनासँगको लडाईमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो । ‘भ्वाइस अफ अमेरिका’ को माउ संस्था ‘यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम)’ र अन्य ६ संस्थाको सञ्चालन खर्च कानुनले ...
— अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भ्वाइस अफ अमेरिका'लाई बन्द गरिदिएका छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ। यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ। ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ। दोस्रो विश्वयुद्धका बेला ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्। गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ। विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा ...
उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५९ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको बीबीसी समाचारमा उल्लेख छ। देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका ...